कोरोना असरः आदित्य नारायण झाको खातामा बाँकी रह्यो जम्मा यति रकम, यस्तै अवस्था रहे बाइक बेच्ने तयारीमा

एजेन्सी । कोरोना भाइरसका कारण आम मानिसदेखि नाम चलेका कैयौँ सेलिब्रिटीहरुको दैनिकीमा व्यापक परिवर्तन आएको छ । कोरोना कालमा धेरै सेलिब्रिटीहरुमाथि आर्थिक संकटको समस्या देखा परेको खबर पनि बाहिर आएको छ ।

 

गायक उदित नारायण्का छोरा आदित्य नारायण पनि यतिबेला आर्थिक संकटसँग जुधिरहेका छन् । एक अन्तर्वार्तामा उनले लकडाउनका कारण आफ्नो जिन्दगीमा व्यापक प्रभाव परेको बताएका छन् । उनले यस्तो खराब स्थिति आउला भनेर कदापि कल्पना समेत नगरेको उनले बताएका छन् । 

 

आदित्यले भनेका छन्, 'यो कहिल्यै पनि सोचेको थिइन कि एक वर्षसम्म काम नगरी बस्नेछु । तर, लकडाउनका कारण मेरो सबै योजनाहरु परिवर्तन भए । यति अवस्था खराब हुँदै गए घरको सामान बेच्ने अवस्था समेत आउन सक्छ ।' 

 

आफुले जम्मा गरेको पुरै सेभिङ समेत सकिएको उनले बताएका छन् । उनले भनेका छन्, 'मैले जति पनि म्युचअल फण्डमा लगानी गरेको थिए त्यो मैले लकडाउनका समयमा निकालेर खर्च गरे । यो कठिन समयमा आफ्नो खर्चका लागि पनि तीन रकम निकाले । म कुनै बिलिनियर त होइन नि । अब मसँग बैँकको खातामा जम्मा १८ हजारमात्र रहेको छ ।' 

 

उनले भनेका छन्, 'यदी मैले अक्टोबरमा काम सुरु गरिन भने मँसग पैसा हुनेछैन । मलाई आफ्नो बाइक बेच्नुपर्ने अवस्था आउनसक्छ ।' 

 

मिडिया रिपोर्टका अनुसार उनको विवाह खबर पनि बाहिर आएको छ । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग यो वर्षको अन्त्यसम्ममा विवाह गर्ने तयारी बनाएको बताइएको छ । १० वर्षदेखि उनीहरुबीच अफेयर्स रहेको छ । आर्थिक संकटका कारण थपिएपछि उनी कामको खोजीमा समेत रहेको बताइएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

  • 13 minutes ago
बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका ला

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

  • 26 minutes ago
पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा पोखरामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

  • 45 minutes ago
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।