कोभिडः 'असी हजारदेखि एक लाख असी हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुन सक्छ'
- शुक्रबार, ५ कार्तिक, २०७८
- 8 months ago
- विचित्र विश्व

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने जनाएको छ।
सन् २०२० को ज्यानुअरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
खोपको अन्यायपूर्ण वितरणलाई लिएर उनले आलोचना पनि गरेका छन्।
'व्यापक भिन्नता'
यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोभिड महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए।
विश्वभरि अनुमानित १३ करोड ५० लाख स्वास्थ्यकर्मी छन्।
'विश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएका छन्,' महानिर्देशक टेड्रोसले भने।
'तर निश्चित रूपमा त्यो औसतले क्षेत्रहरू र आर्थिक समूहहरूबीच विद्यमान व्यापक भिन्नतालाई ढाकछोप गर्छ।'
उनका अनुसार अफ्रिकामा दशजना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् जबकि उच्च आय भएका देशमा देशमध्ये आठ जानले खोप लगाइसकेका छन्।
यसअघि डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा। ब्रुस एल्वर्डले खोपको असमान वितरणले गर्दा कोभिड सङ्कट 'सन् २०२२ को अन्त्यसम्म सजिलैसँग धकेलिने' बताएका थिए।
द पिपल्स च्यारिटिजको नयाँ तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ।
अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशले पाएका छन्।
विश्वभरि वितरित खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ।
अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश देशमा ४० प्रतिशतले खोप पाइसकेका छन्। बीबीसी
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
- 4 minutes ago

काठमाडौँ। न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई
कारमा राखिएको ९० किलो गाँजासहित २ जना पक्राउ
- 8 minutes ago

पर्सा। पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने
- 13 minutes ago

काठमाडौँ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने भएको छ। अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै विवादमा परेका अर्थमन्त्री जनार्दन शर
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।