कोरोनाको खोप लगाएपछि के हुन्छ ?

  • आइतबार, १६ फागुन, २०७७
  • 1 month ago
  • युके
सांकेतिक तस्बिर

लण्डन । स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीहरु भने विश्वमा हाल परिक्षण पश्चात आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाए पश्चात कति समयसम्म शरीरमा एन्टीबडी रहन्छ भन्ने बारे यकिन रुपमा बताउन नसकिने बताएका छन् ।   

 

खोप लगाइसकेकाहरुमा विशेषतः  ३ सातापछि एन्टीबडी विकास भएको पाइएको छ । तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टीबडी विकास नहुन पनि सक्छ । हाल  खोप कम्पनी एवं वैज्ञानिकहरुका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टीबडी विकास भई ५ देखि ६ महिना वा एक वर्षैसम्म पनि एन्टीबडी रहीरहने दाबी गरेका छन् । यद्यपी यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टीबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् ।  

 

शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ । एकपटक कोरोना संक्रमण भइसकेका मानिसमा त्यसैले पनि संक्रमणको सम्भावना कम हुन सक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टीबडी विकास भइसकेको हुन्छ । तर कति समयसम्म सो एन्टीबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ । तसर्थ स्वास्थ्य समितिले एकपटक संक्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ ।  

 

कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डीएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छ लगायतका विभिन्न भ्रम फैलिएका छन् । यद्यपी यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ ।  खोप लगाएका मध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ । तर गम्भीर समस्या देखिएका घटना न्यून छन् ।  

 

पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ ।  

 

दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधी खाइरहेका, स्नायू सम्बन्धी औषधी सेवन गरेका, गर्भवति स्तनपान गरिरहेकाहरुलाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाले जनाए । लामो परिक्षणपछि ल्याइएकोले पनि यी खोपहरु सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

  • 15 minutes ago
इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।

नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

  • 19 minutes ago
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा

ओली र नेपालको भेटवार्ता सकियो

  • 21 minutes ago
ओली र नेपालको भेटवार्ता सकियो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नक्सालस्थित मेरियट होटलमा भएको दोस्रो दिनको वार्ता सकिएको हो ।



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।