कोरोना रिपोर्ट पोजिटिभ आएको भन्दै एक युवकले डाक्टर र कर्मचारीलाई कुटे

प्रतिकात्मक तस्बिर

एजेन्सी । भारतको पूर्वी दिल्लीको जगतपुरी इलाकामा कोरोना रिपोर्ट पोजिटिभ आएको भन्दै एक युवकले सरकारकी डाक्टर र कर्मचारीमाथि कुटपिट गरेका छन् ।

 

रिपोर्ट पोजिटिभ आएसँगै भोलिपल्ट गएर उनले डाक्टर र कर्मचारीलाई कुटेको मिडिया रिपोर्टमा उल्लेख छ । युवकले डाक्टरमाथि गलत रिपोर्ट बनाएको आरोप लगाएका छन् । 

 

डाक्टर र कर्मचारीमाथि उनले कुटपिट गरेपछि स्थानियले उनीहरुलाई जोगाएका थिए । डिस्पेन्सरी इन्चार्ज तथा मेडिकल अफिसर डा रीना सहगलले ती व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । आरोपीलाई सिसीटिभीमार्फत प्रहरीले पहिचान गरेको बताइएको छ । 

 

डा रीना सहगलका अनुसार शनिबार जगतपुरीमा ती व्यक्ति कोरोना परीक्षणका लागि आएका थिए । उनको र्यापिड एन्जीजन टेस्ट गरिएको थियो जसको रिपोर्ट पोजिटिभ आएको थियो । अर्को दिन केही समुहमा उनी आए र आफु र अन्य कर्मचारीमाथि गाली गलौज गर्न सुरु गरे । मिडिया रिपोर्टका अनुसार जब डा रीनाले उनको विरोध गरिन् तब ती युवकले कुट्न सुरु गरेका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • 3 minutes ago
ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

एजेन्सी । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ ।

अफगानिस्तानमा डरलाग्दो आत्मघाती बम आक्रमण, २६ जना सुरक्षाकर्मीको मृत्यु

  • 9 minutes ago
अफगानिस्तानमा डरलाग्दो आत्मघाती बम आक्रमण, २६ जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

तनहुँसुर दरबार

  • 17 minutes ago
तनहुँसुर दरबार

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक स्थल तनहुँसुरमा रहेको दरबार । तनहुँसुर सेनवंशी राजाले शासन गरेको ठाउँ हो । तस्बिरः कृष्ण न्यौपाने÷ रासस



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।