राजधानी टोकियो क्षेत्रमा सङ्कटकाल घोषणा
- बिहीबार, २३ पुष, २०७७
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ ।
जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए ।
अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ । सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरुलाई विषेश अनुरोध गर्नुभएको छ । टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गरेका हुन् ।
“सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उनले भने ।
सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पु¥याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन । देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् ।
जापानमो अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खोप भण्डार गृह निर्माणको थालनी
- 25 minutes ago

काठमाडौं । सरकारले खोप भण्डार क्षमता अभिवृद्धि गर्न पूर्वाधारमा व्यापक विस्तार गर्ने भएको छ । त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् ।
'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'
- 30 minutes ago

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ
नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने
- 42 minutes ago

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।