कोरोनाको नयाँ रुप ज्यादा खतरनाक, साना बच्चाहरुलाई सुरक्षित राख्न चिकित्सकहरुको सुझाव

एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरका कारण अस्तव्यस्त स्थिति रहेको छ । दैनिक लाखौँ व्यक्तिहरु कोरोना संक्रमणको चपेटामा परेका छन् । त्यस्तै मृत्युदर पनि ह्वात्तै बढेको छ । एक रिपोर्टका अनुसार कोरोनाको संक्रमण बाल बच्चाहरुमा पनि देखिएको छ ।

 

रिपोर्टका अनुसार एक ८ महिने बच्चा पनि कोरोनाको चपेटामा परेका छन् । उनका गम्भीर लक्षणहरु देखिएका छन् ।  बच्चाहरुमा उच्च ज्वोरो तथा निमोनियाका लक्षणहरु देखिएका छन् ।

 

जसका कारण अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति देखिएको छ । 

 

कोरोनाको पहिलो लहरमा खासै बच्चाहरुलाई खतरनाक स्थिति भने थिए । साथै गम्भीर लक्षण पनि देखिएको थिएन ।

 

तर, अवस्था फेरिएको छ । भारतका लोक नायक अस्पतालका मेडिकल डाइरेक्टर सुरेश कुमारका अनुसार हाल  अस्पतालमा ८ जना बच्चाहरु भर्ना भएका छन् जसमा गम्भिर लक्षण देखिएका छन् ।

 

उनले भनेका छन्,‘तीमध्ये एक जना ८ महिने बच्चा छन् । बाँकी बच्चाहर १२ वर्षका रहेका छन् । यी सबै बच्चाहरुलाई उच्च ज्वोरो, निमोनिया, डिहाइड्रेशन र स्वादको कमी जस्ता लक्षणहरु देखिएका छन् ।’

 

त्यस्तै अन्य अस्पतालमा पनि दैनिक २०–३० जना बच्चाहरुबारे जानकारी आइरहेको बताइएको छ । भिडियो कन्सल्टेन्ट अनुरुप उनीहरुको उपचार भइराखेको बताइएको छ । 

 

सोही कारण पनि बच्चाहरुलाई संक्रमण हुन नदिन विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 6 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 6 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 6 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।