चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा
- बुधबार, ३ असोज, २०७५
- 2 years ago
- राजनीति

चितवन । संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै राष्ट्रिय जनता पार्टीले चितवनमा कार्यक्रम गरेको छ ।
चौथो संविधान दिवस देशैभर धुमधामका साथ मनाइरहँदा राजपाले चितवनमा विरोध कार्यक्रम सहित असोज ३ लाई कालो दिनको संज्ञा दिएको हो ।
संविधान जारी भएको तीन वर्ष पूरा भइसक्दा पनि जनजाति, आदिवासी, मधेसी, अल्पसंख्यकको पक्षमा यो संविधान नभएको भन्दै राजपा नेपालका जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठले आजको दिन कालो दिन भएको बताए ।
राजपा नेपाल जिल्ला समिति चितवनले कालिका नगरपालिका वडा नं. २ पदमपुरमा आयोजित कार्यकर्ता भेला एवम् विरोध कार्यक्रममा श्रेष्ठले नारामा हिमाल, पहाड, तराई कोही छैन पराई भनिएजस्तै व्यवहारमा पनि सबैलाई समेटेर लानसमेत सरकारलाई आग्रह गरे ।
सरकारले पटकपटक संविधान संशोधन गर्ने आश्वासन दिए पनि व्यवहारमा लागू नभएको भन्दै जिल्ला अध्यक्ष श्रेष्ठले आजको दिनलाई कालो दिवसको रुपमा मनाउनु परेको टीप्पणी गरे ।
कार्यक्रममा राजपा महिला संघकी अध्यक्ष मञ्जु रानाले महिला, दलित, उत्पीडित, मधेसीलगायत सबैलाई यो संविधानले समानरुपमा हेर्न नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको उनले बताइन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 2 hours ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 2 hours ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 2 hours ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।