कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज हेटौँडामा बस्दै

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न हेटौँडामा बस्दैछ । बैठक अपराह्न ४ बजेपछि कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालयमा बस्ने भएको हो । 

 

मंगलबारदेखि ३ दिन हेटौँडामा हुने बैठकमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले अघि बढाउने भन्ने बारेमा केन्द्रित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

 

बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू आइतबारदेखि नै हेटौँडा आउने क्रम शुरु भइसकेको छ भने जिल्ला सभापतिहरू सोमबार हेटौँडा आइपुग्ने कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाले बताए । 

 

असार ५, ६ र ७ गते हुने जिल्ला सभापतिहरुको भेलामा केन्द्रीय कार्यसमिति र जिल्ला सभापतिहरु गरी तीनसय जना प्रतिनिधि रहने जनाइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मर्स्याङ्दी नदीमा माछा मार्दै

  • 25 minutes ago
मर्स्याङ्दी नदीमा माछा मार्दै

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित मर्स्याङ्दी नदीमा जाल हानेर माछा मार्दै एक व्यक्ति ।

बिहीबार जम्मा ५ हजार ३० परीक्षण

  • 40 minutes ago
बिहीबार जम्मा ५ हजार ३० परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • 43 minutes ago
थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।