कोलस्ट्रोल घटाउन यस्ता खानेकुरामा बल गर्नुहोस्

प्रतिकात्मक तस्बिर

एजेन्सी । कोलेस्ट्रोल शरीरको अनावश्यक रोगको घर हो । कोलेस्ट्रोल मुटुका लागि अत्यन्त हानिकारक मानिन्छ । यसकै कारण क्यान्सरसमेत निम्तिन सक्छ । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिनुहुँदैन । यसका लागि शाकाहारी खाना प्रयोग गर्नु उत्तम हुन्छ । यी खाद्यपदार्थ, जसले कोलेस्ट्रोल सन्तुलनमा राख्ने काम गर्छन् ।

 

मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घ्यू, मख्खनजस्ता खाद्यपदार्थको प्रयोगमा कमी ल्याउनुपर्छ । वा, सन्तुलन मिलाएर खानुपर्छ । चिल्लो पदार्थको रूपमा सूर्यमुखी, मकै, भटमास, तोरी, बदाम, ओलिभ आदिको तेल प्रयोग गर्दा राम्रो हुन्छ ।

 

माछा, कुखुरा र लौकाटको मासुमा बोसोको मात्रा कम हुने भएकाले प्रयोग गर्न सक्नुहुन्छ । तर, यस्ता मासुको प्रयोग पनि कम मात्रामा गर्न आवश्यक हुन्छ ।

 

खसी, बोका, भेडा, च्यांग्रा, बँदेल, बंगुर, आदिको मासुमा फ्याटको मात्रा अत्यधिक हुने भएकाले यसको प्रयोग नगर्दै राम्रो हुन्छ ।

 

खाना पकाउँदा पनि चिल्लो पदार्थको प्रयोग निकै कम गर्नुपर्छ । प्रोटिनका लागि दाल, भटमास, सिमी, मटर आदिको प्रयोग गर्न सकिन्छ ।

 

सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल र दाल शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ । यस्ता खाद्यपदार्थको पर्याप्त प्रयोग गर्दा कोलेस्ट्रोल बढ्ने सम्भावना कम हुन्छ ।

 

कोलेस्ट्रोल कम गर्न माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थ आहारको रूपमा प्रयोग गर्दा हुन्छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 5 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 5 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 5 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।