‘चुरीफुरी’ परिवारद्वारा राहत बितरण

काठमाडौँ । चलचित्र ‘चुरीफुरी’ परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई राहत वितरण गरेको छ । काठमाडौँको बसुन्धरामा रहेका केही पीडितहरुलाई खाध्यान्न तथा मास्क प्रदान गरेको हो । 

 

गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्यालामजदुरहरुलाई चामल, तेल, नुन, बिस्कुट, मास्क जस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको हो । 

 

सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषीराज आचार्यले बताए । 

 

चलचित्र चुरीफुरीको तर्फबाट निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह निर्माता बिमला भुसालले राहत बितरण गरेका हुन् । महामारीमा थोरै भएपनी राहत होस भनेर केही पीडितहरुलाई राहत बाँडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताएका छन् ।

 

चलचित्र चुरीफुरी आगामी १ असोजमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरबिर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल (जोया), महेश्वर आचार्य, कमल सिंह, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 4 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 4 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 5 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।