चर्चका धर्मगुरुबाट एक हजार बालबालिकामाथि यौन दुव्र्यवहार

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । 

 

अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्ता १,००० घटना सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा सन् १९४० को दशकयताका घटना विवरण समेटिएका छन् । 

 

पेन्सिलभेनिया राज्यको बृहत अनुसन्धान समिति ९ग्रान्ड जुरी० ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा हाल वासिङ्टन डिसीका मुख्य पादरीले जानाजान उजूरीहरुलाई ढाकछोप गर्ने गरेको उल्लेख छ । यौन शोषणमा परेका बालबालिकाको वास्तविक संख्या अझ ठूलो हुने अनुमान गरिएको छ किनभने गिर्जाघरका कैयौं गोप्य रेकर्डहरु पहिल्यै नष्ट भइसकेका छन् र कतिपय पीडितले घटना सार्वजनिक गर्न रुचाएका छैनन्, जुरीले भनेको छ । 

 

अमेरिकी गिर्जाघरमा दुव्र्यवहारका घटना दिनहुँ सार्वजनिक हुन थालेपछि सन् २००२ मा व्यापक सुधारका कार्यहरु अघि सारिएको थियो । पादरीहरुमाथि कानुनी कारबाही हुन सक्ने तथा बाल यौन शोषणमा संलग्न रहेका पादरीलाई त्यस्ता पदबाट हटाउने कडा नियम ल्याइयो । तर वृहत अनुसन्धान समितिले अझ बढी परिवर्तनको आवश्यकता औंल्याएको छ । 

 

“केही संस्थागत सुधारका बाबजूद गिर्जाघरको नेतृत्वमाथि सार्वजनिक जवाफदेहीता थिएन,” वृहत अनुसन्धान समितिको ९०० पृष्ठ लामो प्रतिवेदनमा लेखिएको छ । “पादरीहरुले ससाना बालक र बालिकालाई बलात्कार गरिरहे, माथिल्ला पादरीहरुले यस्ता घटनामा संलग्नमाथि कारबाही गर्नुको साटो उल्टै उजूरी र गुनासा नै लुकाए, र घटनालाई ढाकछोप गरिदिए ।” 

 

गिर्जाघरका उच्च पदाधिकारीहरु संरक्षित थिए र कतिपय नामै किटेर दिइएका व्यक्तिको पदोन्नति भयो, ग्रान्ड जुरीले भनेको छ । प्रतिवेदनको अन्त्यमा भनिएको छ, “रोमन ईसाइ गिर्जाघरका यौनकाण्ड सम्बन्धी घटनाको अध्ययन अहिल्यै बन्द गर्नु चाँडो हुनेछ ।” 

 

प्रायः सबैजसो घटनामा, अनुसन्धाताहरुले मुद्दा चलाउन सकिने समय सीमा नाघेको पाएका छन् अर्थात् फौजदारी अभियोग दर्ता गर्न सकिन्न । एकसय भन्दा बढी धर्मगुरुहरुको मृत्यु भइसकेको छ । धेरै अरुहरु अवकाश भइसकेका छन् वा पादरीबाट बर्खास्त गरिएको छ वा विदामा बस्न बाध्य पारिएको छ । ग्रान्ड जुरीको अनुसन्धानको नतिजा स्वरुप केबल दुईजनालाई मात्र कारबाही गरिएको छ । प्रतिवेदनमा समेटिएका केहीमाथि कारबाही भइरहेको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

  • 14 minutes ago
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक

नेपालमा थप ४० जनामा कोरोना संक्रमण

  • 27 minutes ago
नेपालमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक

अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो

  • 31 minutes ago
अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउने प्रावधानलाई हटाइयो

सिड्नी । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ ।



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।