गैंडामाथि चढ्ने यी व्यक्ति काे हुन् ? तस्वीर भाइरल भएपछि बढ्याे चासाे
- शुक्रबार, २५ माघ, २०७५
- 3 years ago
- नेपाल
- विचित्र विश्व

चितवन । विश्वकै दुर्लभ मानिने एक सिंगे गैंडामाथि एक व्यक्ति चढेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गैंडामाथि मान्छे बसेको उक्त तस्वीर कहाँ, कस्ले, कहिल खिचेको र त्यो कुन गैंडा हो ? भन्ने पत्ता लागेको छैन । तर धेरैजसोले यो तस्वीर चितवनको सौराहा क्षेत्रकै हो भनेर प्रतिक्रिया दिएका छन् ।
गैंडाको मुख्य वासस्थान चितवन भएकाले र सौराहाको बस्तीमा सधैंजसो गैंडा डुल्दै आउने भएकाले त्यहींको होला भन्ने अनुमान धेरैले गरेका छन् ।
कसैले यो फोटो फोटोशप गरेर राखेको पनि भनेका छन् । तर इडिट नै गरेको भएपनि दुर्लभ वन्यजन्तुमाथिको यो अपमान हो भन्ने आशयका प्रतिक्रियाहरू पनि आइरहेका छन् ।
चितवनका पत्रकार नारायण ढुंगानाले बिहीबार साँझ यो तस्वीर फेसबुकमा शेयर गर्दै दुःख लागेको प्रतिक्रिया दिएपछि यसप्रति थप चासो बढेको छ । उनको पोस्टमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् ।
पत्रकार ढुंगानाको फेसबुकमा पोस्टमा हेम केपीले भने यो फोटो १५ वर्ष पुरानो हुनसक्ने अनुमान गरेका छन् ।
उनले भनेका छन्, ‘यो आज भन्दा करिब १५ बर्ष पहिलेको फोटो हो कि जस्तो लाग्छ । जंगे नामको टुहुरो केटोलाई तत्कालिन मचान लजले केही समय पालेर पछि जंगलमा छोडेको थियो, तर पछि जंगलमा बस्न छोडेर मानव बस्तिमै रमाउने जंगे नामक गैंडा हो जस्तो लाग्यो । पहिलेको फोटो स्क्यान गरेर अपलोड गरेको होला । यो घटना पूर्वी चितवनको पिप्ले/भण्डारा/मनहरिको हुनसक्छ ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको छः खेलकुदमन्त्री
- 4 seconds ago

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन्। मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको
कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटको बाढी–पहिरो ग्रस्त क्षेत्रको निरीक्षण
- 6 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नुवाकोट–१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट–१ को तादीखोलामा आएको बाढीले
राजधानीमा गाईजात्राको रौनक
- 7 minutes ago

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।