Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपुटिनलाई कसले दियो ज्यान मार्ने धम्की ?

पुटिनलाई कसले दियो ज्यान मार्ने धम्की ?


एजेन्सी । युक्रेन र रुसबीच युद्ध जारी छ । पछिल्ला केही दिनमा यो युद्ध झन् खतरनाक बन्दै गएको छ । रुसी राष्ट्रपति पुटिनको घर ‘क्रेमलिन’ मा ड्रोनले आक्रमण गर्दा संयोगवश त्यसबेला पुटिन त्यहाँ उपस्थित थिएनन् ।

रुसले यस हमलाको लागि युक्रेनलाई दोष दिएको थियो र तीव्र क्षेप्यास्त्र र ड्रोन आक्रमणको साथ बदला लिएको थियो ।

अब युक्रेनका एक शीर्ष जासूस आफैंले पुटिनलाई मार्ने योजना बनाएको स्वीकार गरेका छन् ।

उनका अनुसार रुसी राष्ट्रपति पुटिन हिटलिस्टमा छन् र उनको हत्या गरेपछि मात्र युक्रेन शान्त रहने मिडिया रिपोर्टमा उल्लेख छ ।

युक्रेनको मिलिटरी इन्टेलिजेन्सका सेकेन्ड इन कमाण्ड वादिम स्किबित्स्कीले जर्मन पत्रिका ‘वेल्ट’सँगको कुराकानीमा यो खुलासा गरेका हुन् ।

स्किबिट्स्कीले युक्रेनका जासुसले पुटिनलाई मार्न खोजेको बताएका छन् ।

रिपोर्टका अनुसार यो षड्यन्त्र रुसी अधिकारीहरुलाई समेत अवगत भएको बताइएको छ ।

स्किबिट्स्की युक्रेनको मुख्य गुप्तचर एजेन्सीका सहायक पनि हुन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT