अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनद्वारा महत्वाकाँक्षी योजना सार्वजनिक
- शुक्रबार, १४ कार्तिक, २०७७
- 2 months ago
- अन्तर्राष्ट्रिय
- प्रबिधि

एजेन्सी । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकाँक्षी योजना सार्वजनिक गरेको हो ।
सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु बिक्री गर्न रोकिराखेको छ ।
चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ ।
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा “विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ” भनिएको छ । विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन ।
चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ ।
योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ ।
बिहीबार सार्वजनिक वक्तव्यमा “हरित र कम कार्बनयुक्त विकास”लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी “राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न” सक्षम तुल्याइने उल्लेख छ ।
चीनले हाल एक “जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ,” वक्तव्यमा भनिएको छ, तर कोरोनाभाइरस महामारी वा अमेरिकासँगको कर युद्धका बारेमा कुनै उल्लेख गरिएको छैन ।
चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन्, तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् ।
बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिका बारेमा उल्लेख छैन, तर नेताहरूले विशेष गरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् ।
चीनले मूल्यका आधारमा हाल कच्चा तेलको भन्दा बढी मूल्यको सेमीकन्डक्टर आयात गर्दछ ।
टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् ।
गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 3 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 3 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 3 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।