सन् २०२१ को सुरुवाती महिनामा नै कोरोना भ्याक्सिन उपलब्ध हुने, यो देशले गर्यो दाबी

प्रतिकात्मक तस्बिर

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । हालसम्म कोरोनाका कारण ९ लाखभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै करोडौँ मानिसहरु संक्रमित भएका छन् । विश्वभरका १०० भन्दा बढी बैज्ञानिकहरुको टोली कोरोना भ्याक्सिन बनाउन लागि परेका छन् ।

 

यसैबीच चीनको एक औषधि कम्पनीले सन् २०२१ को सुरुवातमा नै कोरोना भ्याक्सिन उपलब्ध हुने दाबी गरेको छ । अमेरिकासहित विश्वभर कोरोना भ्याक्सिन उपलब्ध हुने उक्त औषधि कम्पनीले जनाएको छ । 

 

सिनो भ्याकका सिइओ  यिन वेइदांगले संयुक्त राज्य अमेरिकामा कोरोना भ्याक बेच्नका लागि अमेरिकाको खाद्य र औषधि विभागलाई आवेदन दिइएको बताएका छन् । 

 

उक्त भ्याक्सिन मानिसहरुमा परीक्षण भइराखेको छ । यो अन्तिम ट्रायलमा रहेको छ । उनी आफैले पनि उक्त भ्याक्सिन लिएको बताएका छन् । 

 

उनले भनेका छन्, सुरुमा हाम्रो रणनीति चीनका लागि थियो । त्यसमा पनि बुहानका लागि थियो । तर, कोरोना विश्वभर फैलिएपछि हामीले पनि हाम्रो दायरा अगाडि बढाएका हौँ । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर कोहराम मच्चाइरहेको छ । 

 

उनी अगाडि भन्छन्, हाम्रो लक्ष्य भनेको अमेरिका, युरोपियन देश र अष्ट्रेलियामा यो भ्याक्सिन उपलब्ध गराउनु हो । तर, जापान, अमेरिका, अष्ट्रलिया लगायत केही देशले यसको विक्रिबितरणमा रोक लगाएका छन् । तर, उनीहरुले आफ्नो नियममा परिवर्तन ल्याउँछन् भन्ने हामीले विश्वास लिएका छौँ । 

 

कोरोना भ्याकको सुरुवाती परीक्षणमा ब्राजिल, इण्डोनेसिया, टर्कीका २४ हजारभन्दा बढी मानिसहरु सहभागी रहेका थिए ।  आउने फ्रेब्रअरीभित्र करोडौँ भ्याक्सिन उत्पदान गसिक्ने सिनो भ्याक कम्पनीले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

  • 4 hours ago
काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

  • 4 hours ago
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

  • 4 hours ago
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ४०,७७८ पुगेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।