चीनमा किन एकाएक लाखौँ युवाहरु कृषि पेशाप्रति आकर्षित भए ?

एजेन्सी । चीनमा विकासको लहर छाएको धेरै वर्ष भइसकेको छ । प्राय गाउँका मानिसहरु सहर झरेको समाचार नेपालमा मात्रै होइन चीनमा पनि उत्तिकै सुन्न पाइन्थ्यो । चीनमा सन् १९९० देखि ठुलो जनसंख्या सहर र ठुला बजार क्षेत्रमा बसाईसराइ गर्नेक्रम बढेको थियो । सन् १९९० मा २६ प्रतिशत जनसंख्या सहरी भागमा सरेको तथ्यांकले देखाएको थियो । अझै पनि ६० प्रतिशत चिनियाँ जनसंख्या सहरहरुमा बस्दै आइरहेका छन् । तर, सन् २०१४ देखि केही यस्ता परिवर्तन चीनमा देखियो जसले गर्दा सरकारले नयाँ नीति नियम ल्याउन आतुर देखियो । 

सन् २०१४ देखि बिस्तारै विश्वविद्यलायको पढाइ सकेका युवाहरु गाउँ फर्किन थाले । यो क्रम यसरी बढिरहेको छ कि सन् २०१७ को आकडाँले सरकार नै आश्चर्य चकित हुन पुग्यो । सन् २०१७ मा ७० लाख चिनियाँ युवाहरु आफ्नो पढाइ सकेपछि गाउँ फर्किए । गाउँमा कृषि गर्न र आफ्नो आउने सन्ततीलाई राम्रो वातावरण दिन युवाहरुले गाउँ फर्क योजना बनाए । ७० लाख युवामध्ये ६० प्रतिशतले कृषि पेशा अपनाएको चिनियाँ कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । 

 

सन् २०१५ मा यानउइ जसले ११ हेक्टर फार्ममा कृषि पेशा सुरु गरे । उनको यो कार्यलाई सरकारले स्वागत गर्यो । सरकारले स्थानीय किसानहरुलाई पानीको संचय गर्न विभिन्न योजनामा सहयोग गर्यो । अन्ततः उनीहरुले मरभुमि जस्तो ठाउँलाई उर्भरभुमि बनाउन सफल भए । 

मा लाई मरभुमिकरण हुने डर थियो तर, हावा र माटो राम्रो भएका कारण उनले हार मानेन् । सरकारले गरेको सहयोग कारण पनि उनी उत्साहि थिए । किसानहरुले उक्त ठाउँमा भुमिभित्रबाट सिचाई व्यवस्थापन गरे । उनीहरुले उक्त ठाउँमा मकै लगाए जसले पानी धेरै सोस्छ । मा ले बेइजिङ नर्मल विश्वविद्यालयबाट इकोलोजीमा विद्यावारिधी गरेका थिए ।

उनका अनुसार माथिबाट सोझै पानीको प्रयोग गर्दा अत्याधिक पानीको प्रयोग हुने र जमिनबाट प्रयोग गर्दा आवश्यक पानीमात्र प्रयोग हुनेहुँदा सिचाईलाई व्यवस्थापन गर्नु आवश्यक थियो । जराले मात्रै पानी सोस्दा हामीले गरेको निर्णय सफल हुन पुग्यो । 

अर्का विद्यार्थी यिछी कान्जुव पनि गाउँ कृषि गर्न गाउँ फर्किए । उनी बेइजिङ युनिभर्सिर्टी अफ इन्टरनेशनल बिजनेश एण्ड इकोनोमिक्सबाट एमबिए गरेका थिए । उनको योजना गाउँ नै फर्किनु थियो । उनी किनघाई फर्किए । उनले उक्त क्षेत्रमा १३०० हेक्टर जमिनमा कृषि गर्ने निर्णय लिए । सन् २०१५ मा उनले विवाह गरे लगत्तै उक्त क्षेत्रमा बसाइसराइ गरे । 

उनी भन्छन्,‘पहिला यो ठाउँमा आउन समेत अति कठिन थियो । यातायातको सुविधा पनि थिए । तर, सन् १०१४ मा नेशनल पार्क बनेपछि आवश्यक सुविधाहरु सबै बने । त्यसपछि हामीले यही फार्म बनायौँ ।’ फार्मदेखि नजिक रहेको सहर करिब ३०० किलोमिटर पर रहेको छ । यसलाई बदल्न हामी दुई ठुलो प्रयास गयौँ ।’

उक्त क्षेत्रमा भएको कामलाई लिएर सरकारले पनि आफ्नो जिम्मेवारी पुरा गरेको उनले बताए । सरकारले आवश्यक पर्ने घर, औषधिको सुविधा सबै दिन थाल्यो । 

 

उनी भन्छन्,‘पछिल्लो समय रेलको सुविधा कारण सामान बेच्न पनि कठिन छैन । सुरुमा यस ठाउँमा आउँदा २० दिनसम्म नुहाउन पनि भ्याइदैन्थ्यो । तर, एकपछि अर्को सफल कोशिसका कारण आज हरेक कुरा सहज भएको छ । यहाँ हरेक दिन मानिसहरु हाम्रो फार्महरु हेर्न आउँछन् ।’

उनी भन्छन्,‘मेरो सन्तानलाई म यही भुमिमा हुर्काउन चाहन्छु । सहरमा गएर २० हजार देखि ३० हजार युएन कमाउन खासै मुस्किल छैन । तर, त्यो सबै सहरमा बस्दा र खाँदा खर्च हुन्छ । त्यहाँ बाँच्नका लागिमात्र काम हुन्छ । आत्मसम्मान छैन ।’

 

उनीहरु जापान र पश्चिमी किसान झै ठुलोमात्रामा गुणस्तरीय सामन निर्यात गर्न चाहन्छन् । 

चीनले गरेको विकास प्रविधिमा मात्रै सिमित नभएको यस कुराले पनि पुष्टि गर्छ । उसले कृषि क्षेत्र र युवाहरुलाई रोजगारी प्रदान गर्न चालेको नयाँ कदमले धेरै युवाहरु उत्साहित रहेका छन् । विदेशमा काम गर्न जानुभन्दा पनि विश्वविद्यालयको पढाइ सकेर गाउँ फर्किने युवाहरुको लर्को दिनानु बढ्दो रहेको छ । 

 

कृषि क्षेत्रलाई आवश्यक पर्ने सुविधाहरु सरकारले नै दिने भएपछि युवाहरुले पनि गाउँ फर्किने निर्णय लिएको बताइएको छ । यो संख्या प्रत्येक वर्ष बढ्नुले सरकारले ल्याएको नीति नियम पनि सफल भएको बताइएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

  • 8 minutes ago
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले

प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

  • 9 minutes ago
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएप

जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

  • 17 minutes ago
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।