Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिके राजनीतिमा आउने तयारीमा छन् महावीर पुन ?

के राजनीतिमा आउने तयारीमा छन् महावीर पुन ?


काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउनसक्ने संकेत व्यक्त गरेका छन् ।

उनले ट्वीट गर्दै उक्त जानकारी दिएका हुन् । उनले आफू चुनावमा उठ्नसक्ने सम्भावना एक प्रतिशत रहेको लेखेका छन् ।

उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लामो स्टाटस लेखेका छन् ।

मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् ।

१. म सानो छंदा हाई स्कूल पढुला भनेर सोचे कै थिएन । किन भने त्यति बेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाई स्कूल पढाएका थिएनन् । तर जसरी तसरी मेरो बाबाले मलाई हाई स्कूल पढाए र म शिक्षक बनें ।

२. मैले ३१ बर्षको उमेर सम्म अमेरिकामा गएर पढ्न जान पाउँला भनेर सोचेकै थिएन । अनि ३२ बर्षको उमेरमा अमेरिका पढ्न जान पाउने सम्भावना १ प्रतिशत पनि थिएन । तर जबर्जस्ति लागेर ३४ बर्ष लाग्दा अमेरिकामा ब्याचलर पढ्ने मौका पाएँ ।

३. म अमेरिका बाट फर्केर नेपालमा बसुँला र गाउँ गाउँमा काम गरुँला भनेर सोचेकै थिएन र के गर्ने भन्ने थाहा नै थिएन । त्यसको सम्भावना १% मात्र थियो होला । तर अमेरिका बाट फर्केर म नेपालमा बसेर काम गरेको ३१ बर्ष भयो ।

४. वायरलेस प्रबिधिलाई प्रयोग गरेर नेपालको दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउने सम्भावना १ प्रतिशत पनि थिएन । बिदेशी इन्जिनियरहरुको भनाई अनुसार त त्यो काम असम्भव नै थियो । तर त्यो काम पनि जबर्जस्ती सुरु गरियो र सफल भयो ।

५. सन् २०१७ सम्म राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अबस्थामा ल्याउन सकिएला भन्ने १ प्रतिशत जति पनि आशा थिएन । किन भने कुनै पनि सरकार, बैंक र दात्री संस्थाहरुले पटक्कै पत्याएनन । तर अहिले ता आम नागरीकको सहयोगले गर्दा चन्द्रमा सम्म पुग्न नसके पनि नेपाललाई अझै धेरै माथि पुर्याउने आँटछ ।

अन्तमा, मैले आम नागरीकहरु संग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाब लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावाना छैन किन भने म त्यसो गर्न चाहन्न । तर — अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यहि रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरीकहरुले भोगेको कुरा हो । लौ जा, जे पर्ला पर्ला ।

दिर्घकालिन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरु को लागी आबश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिबहरुले कानुन छैन भनेर दुख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रदैन र त्यो कुरा कसैलाई पनि सह्य हुने छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।

माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने सहमति

काठमाडौँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको

कोशी प्रदेशसभाबाट विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव पारित

काठमाडौँ । कोशी प्रदेश सभामाको बैठकबाट नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । ध्वनी

वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छ: कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् । शुक्रबार

सांसद हसिना खानद्वारा शपथ ग्रहण

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

Techie IT