जुलाई २२ मा चार्ल्टन समाजको वार्षिक कार्यक्रमको तयारी

  • बुधबार, २० आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । साउथ ईस्ट लण्डनको चार्ल्टन  क्षेत्रका नेपालीहरुको साझा संस्था चार्ल्टन  नेपाली समाजको वार्षिक समर भेटघाट तथा बारबीक्यू कार्यक्रम यहि जुलाई २२ मा आयोजना हुंदैछ । 

 

समाजले हरेक वर्ष विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित यो कार्यक्रम गर्दै आएको छ । बिहान ११ बजेदेखि सांझ अबेरसम्म हुने यो कार्यक्रम यसपटक पनि विगतका वर्षमा झैं स्थानीय मेरिडियन स्पोर्ट क्लबको मैदानमा हुने भएको छ । 

 

यसबैबीच वाषिृक कार्यक्रमको तयारीका शिलशिलामा गत शनिबार समाजको कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठक सम्पन्न भएको छ । एक दर्जन बढि सल्लाहकार समेत उपस्थित रहेको बैठकको अध्यक्षता टंक कंडेलले गरेका थिए भने कार्यसमितिका उपाध्यक्ष कृष्ण खरेल, कोषाध्यक्ष रेखा खरेल, प्रवक्ता सिता अर्याल र सदस्य सुमित्रा  पुन लगायत सहभागी थिए । 

 

बैठकले वार्षिक कार्यक्रमको तयारीको लागि विभिन्न निर्णय गरेको छ । जसअनुसार गत वर्षको कार्यक्रममा पनि खानाको राम्रो व्यवस्थापन गरेका रेष्टुरेन्ट व्यवसायी भोजराज कंडेललाई यसपटक पनि खानाको लागि जिम्मेवारी दिइएको छ । 

 

कार्यक्रममा सहभागिताका लागि ५ वर्ष मुनिकालाई निशुल्क, ५ देखि १० वर्ष सम्मका लाई ५ पाउण्ड तथा १० वर्ष माथिकालाई १२ पाउण्ड को टिकट राख्ने निर्णय गरिएको छ । 

 

कार्यक्रमस्थलमा आफनो व्यवसाय तथा विभिन्न सेवामुलक कार्यक्रमको प्रचारप्रसारको लागि स्टल राख्न ईच्छुकहरुलाई २० पाउण्डको शुल्क लिएर ठाउं उपलब्ध गराइने भएको छ । 

 

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न ईच्छा राख्ने बालबालिकाहरुको लागि सम्बन्धित बाबुआमाहरुलाई आयोजकसंग सम्पर्क राख्न आग्रह गरिएको छ । 

 

बैठकले समाजले हरेक वर्ष गर्दै आएको तीज विशेष कार्यक्रम अगस्ट २७  का दिन आयोजना गर्ने निर्णय समेत गरेको छ । 

 

समाजका अध्यक्ष टंक कंडलेले कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण साउथ ईस्ट लण्डनबासी नेपालीहरुलाइ अपील गरेका छन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

  • 5 seconds ago
आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

काठमाडौँ । ताप्लेजुङका सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले दोभा

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 18 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 21 minutes ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।