आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

Norvic Hospital
  • बिहीबार, ३१ भदौ, २०७८
  • 1 month ago
  • युके

लण्डन । रूसी एक बैंकबाट आर्थिक लाभ स्वीकारेको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिएका छन् ।

 

संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्ष डगलस कोनेलले बुधबार राजीनामा दिएका हुन् ।  

 

चाल्र्सले उक्त पैसाको लागि रूसी अधिकारी दिमिट्री लिउसलाई धन्यवाद दिंदै एउटा पत्र लेखेको र महामारीपछि भेट्ने आश्वासन दिएको भन्ने सुझावपछि स्कटल्याण्डको परोपकारी संस्था नियामक निकायले जाँच शुरु गरेको हो ।

 

अध्यक्ष डगलस कोनेलले भने ‘यदि गम्भीर गलत आचरण भएको जस्तो देखिएमा’ मात्रै आफू दोषी भएको ठहरिने बताए ।

 

उनले भने, “प्रिन्स फाउन्डेशन भित्र र बाहिर विभिन्न प्रकारका दुव्यवहारपूर्ण गतिविधिहरू भएका हुन सक्छन् भन्ने अखबारको रिपोर्ट देखेर म स्तब्ध र निराश भएको छु । “मेरो विचारमा यो समय मेरो लागि सही कदम भनेको जिम्मेवारी स्वीकार गर्नु र भूमिकाबाट अलग हुनु नै हो ।”

 

सन् २००४ मा रूसमा सम्पत्ती शुद्धिकरण कार्यमा लिउस दोषी भएको पत्ता लागेपछि फाउन्डेसनको आचारसंहिता समितिले अनुदान अस्वीकार गरेको थियो । आफूलाई दोषी ठहराइएकोमा आश्चर्य व्यक्त गर्दै आफू राजनैतिक तवरमा उत्प्रेरित अभियोगको शिकार बनेको दाबी कोनेलले गरे । 

 

आइतबार गरिएको एक इमेलमा लियसले तेस्रो पक्षका फिक्सरमार्फत फाउन्डेसनलाई पाँच लाख पाउण्डस्टर्लिङ दिएको बताइएको छ । तर फाउन्डेसनले भने एक लाख पाउण्ड  पाउण्ड मात्रै पठाएको बताएको छ । आचारसंहिता समितिले हस्तक्षेप गर्नुअघि सुरुमा त्यो अनुदान स्वीकार गरिएको थियो ।

 

यस महिनाको सुरुतिर राजकुमारका भूतपूर्व सहयोगीले राजकुमार फाउन्डेशनको मुख्य कार्यकारी पदबाट अस्थायी रूपमा हटेको जानकारी गराएका थिए । उनले रूसी धनी दाताद्वारा सम्मान र ब्रिटिश नागरिकता दिलाउने शर्तमा सहयोग लिएको आरोपहरूपछि अनुसन्धान थालिएको हो । राजकुमारका अर्का पूर्व सहयोगी फाउसेटलाई साउदी व्यापारी महफूज मारे मुबारक बिन महफूजसँग सम्बन्धित सम्मान समन्वय गर्न सहयोग गरेको पनि आरोप लगाइएको छ । 

 

महफूजलाई राजकुमार फाउन्डेसनको वेबसाइटमा समर्थकको सूचीमा राखिएको छ । उनलाई सन् २०१६ मा रानी एलिजाबेथ द्वितीयबाट राजकीय सम्मान दिइएको थियो ।

 

यसको वेबसाइटका अनुसार यस फाउन्डेसनको लक्ष्य ‘आज संसारले सामना गरिरहेको चुनौतीहरूको समग्र समाधान प्रदान गर्नु’ हो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।