मेसीबिनाको बार्सिलोनाले डाइनामोलाई ४-० गोलले हरायो

  • बुधबार, १० मंसिर, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस फुटबल क्लब बार्सिलोनाले सानदार जित निकालेको छ ।

 

समूह चरणको खेलमा गएराति बार्सिलोनाले युक्रेनियन क्लब डाइनामो किभलाई उसकै मैदानमा ४-० गोलले पराजित गरेको हो ।

 

बार्सिलोनालाई जित दिलाउन खेलको ५२ औं मिनेटमा सर्जिनो डेस्ट, ५७ औं मिनेटमा तथा ७० औं मिनेटमा पेनाल्टीमार्फत मार्टिन ब्रेथवेट तथा खेल सकिनै लाग्दा इन्जुरी समयमा एन्टोनी ग्रिजम्यानले गोल गरे ।

 

यस खेलमा कप्तान लियोनल मेसीलाई विश्राम दिइएको थियो । यो जितसँगै बार्सिलोनाले अपराजित यात्रा कायम राखेको छ । ४ खेलमा ४ जितसहित १२ अंकका साथ बार्सिलोना ग्रुप जी मा शीर्ष स्थानमा छ । डाइनामोले ४ खेलमा १ बराबरी मात्र खेलेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कुवेतमा सरकार विघटन

  • 2 hours ago
कुवेतमा सरकार विघटन

एजेन्सी । कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् ।

अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका तीन जना प्रदेशसभा सदस्य के भन्छन् ?

  • 3 hours ago
अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका तीन जना प्रदेशसभा सदस्य के भन्छन् ?

विराटनगर । प्रदेश–१ सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभाका तीन सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिने प्रदेशसभा सदस्यमा निवर्तमान राज्यमन्त्री जसमाया गजमेर,

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

  • 3 hours ago
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनला



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।