सरकारद्वारा ९ जना सचिवको हेरफेर

  • शुक्रबार, ३० असोज, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो ।

 

मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भने जल तथा ऊर्जा आयोगमा पठाइएको छ ।

 

प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सो मन्त्रालयका सचिव सूर्य गौतमलाई भने युवा तथा खेलकूद मन्त्रालयमा सरुवा गरिएको छ । जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको छ ।

 

प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 2 minutes ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी

राति निन्द्रा लाग्दैन ?

  • 7 minutes ago
राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ ।

मेयर शाक्यद्वारा शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन

  • 12 minutes ago
मेयर शाक्यद्वारा शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गरेका



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।