जब यी चर्चित व्यापारीले नेपालबाट व्यापार सुरु गरे
- सोमबार, २६ असोज, २०७७
- 4 months ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह भएको ९ वर्ष भएको छ । २२ नोभेम्बर सन् २००९ मा उनीहरुले विवाह गरेका थिए ।
राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए । आज उनी एक सफल बिजनेशम्यान हुन् । इन्टरनेटमा पाइएको जानकारी अनुसार हाल उनीसँग २४०० करोडको सम्पत्ति रहेको छ ।
एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचिरहेको थियो ।’ आज उनीसँग महँगा कारहरु रहेका छन् । जुन सानो छदाँ धेरैको सपना हुने गथ्र्यो ।
१८ वर्षको उमेरमा उनले आफ्नो बिजनेश सुरु गरेका थिए । मिडल क्लास परिवारमा जन्मिएका उनीलाई माता पिताले निकै कठिन तरिकाले पालेका थिए । उनलाई पैसाको महत्व थाहा छ । जब उनी १८ वर्षको थिए तब उनको पिताले रेष्टुरेन्टमा काम गर्न वा कुनै काम गर्न भनेका थिए । आफ्नो जिन्दगीलाई कुन मोडमा लाने गम्भिरताका साथ सोचिरहेका थिए ।
उनले सानो लगानी गरेर शल बेच्ने काम सुरु गरे । जसका लागि उनी दुबइ गए । हिरा व्यापारीसँग उनको भेट भयो । तर, कुरा बनेन । राज त्यहाँबाट नेपाल गए । केही पश्निा शल किने र ब्रिटेनको ब्रान्डेड स्टोर मार्फत बेच्न थाले । जति छिटो उनको कारोबार बढीरहेको थियो उती नै छिटो प्रतिस्पर्धा पनि बढीरहेको थियो । यसपछाडि हिराको व्यापारका लागि उनी पुन दुवइ गए ।
त्यसपश्चात उनलाई पछाडि फर्केर हेर्ने अवस्था कहिल्यै आएन । आज उनी १० कम्पनीका मालिक हुन सफल भएका छन् । सन् २००४ मा आएको ब्रिटिश म्यागजिन धनी व्यक्तिहरुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चिया टिप्दै प्रियंका गान्धी !
- 1 minute ago

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी ग
चितवनमा माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते
- 10 minutes ago

चितवन । चितवनमा माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । मंगलबार बिहान ११ बजे भरतपुर महानगरपालिका–१ स्थित भतेरी जंगलमा माइक्रोबसले एउटा कार र दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ९
विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय टोली
- 17 minutes ago

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुर
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।