घर जान सजिलै टिकट पाइएपछि...

  • बुधबार, ५ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् । 

 

दशैँका समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौँ उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागलले जनाएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । बिगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेको पाइएको यी यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उनले बताए । 

 

उनका अनुसार आबश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन् । उहाँले भन्नुभयो, “हामीले यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ ।” विगत वर्षमा झण्डै २० लाखले दशैँमा घर जाने गरे पनि यो वर्ष झण्डै चार÷पाँच लाख मात्रै जाने अनुमान गरिएको छ । 

 

विगतका वर्षमा भीडभाड हुने गरेकामा अहिले लामो र मध्यम रुटका गाडी छुट्ने स्थानमा भीडभाड कम देखिएको छ । विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमनसमेत गरिरहेको छ । केही दिन पहिले मात्रै सरकारले सार्वजनिक सवारीसाधनमा सिटअनुसार यात्रु राख्न पाउने र तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 10 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 10 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 10 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।