इफन ट्रस्ट युकेद्वारा निर्मित बाल शैक्षणिक माविको प्रशासकीय भवन उद्घाटन सम्पन्न

तनहुँ । इफन ट्रस्ट युकेद्वारा निर्मित बाल शैक्षणिक माविको प्रशासकीय भवनको शुक्रबार उद्घाटन सम्पन्न भएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नं ३ जलौदिस्थित उक्त भवनको उद्घाटन भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाबाट भएको हो ।

 

यस भवन निर्माणका लागि इफन ट्रस्ट युकेका नेपालस्थित सहचारी धरान १५ निवासी कृष्ण लिम्बुले योगदान दिएका थिए । कार्यक्रममा बोल्दै भिमाद नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि मेख बहादुर थापाले हामी स्वभाविक रुपमा राजनीतिक प्राणी रहेका र हामीमा धेरै मतमतान्तर तथा ईच्छा आकांछाका कुराहरु रहेपनि विद्यालय जस्तो शैक्षिक स्थानमा सम्पूर्ण एकजुट भएर अघि बढ्नुपर्ने बताए । 

 

उनले भने, 'सार्वजनिक हिसाबले पदको पदभार गरिसकेपछि सबै परित्याग गरेर सर्वपक्षिय रुपमा अघि बढ्नुपर्छ । चुनावको समयमा आफू एउटा पार्टीको रहेपनि पदभार ग्रहण गरेपछि सबैको साझा रहेर विकास निर्माणमा, न्यायिक क्षेत्रमा, रोजीरोटीको विषयमा, कृषक र व्यावसायीको बीचमा तथा सान्ति सुरक्षा कायम राख्ने विषयमा आफू प्रतिबद्ध रहेको छु ।'

 

यसका साथै नगरप्रमुख थापाले कोरोना भाइरसले गर्दा नगरपालिकालाई केही पछाडि धकेलेको औंल्याउँदै प्राकृतिक विपतको परिस्थितीमा पनि भिमाद नगरपालिकाभित्रको शिक्षा क्षेत्र एवं सर्वागिंण विकासलाई दिगो विकासमा लैजानका निमित्त मापदण्ड निर्माण गरेर नगरपालिका अगाडि बढेको जानकारी दिए । 

 

कार्यक्रममा समाजसेवी पदमराज सेनले इफन ट्रस्ट युकेलाई धन्यवाद ज्ञापन गर्दै नेपालका दुर दराजमा रहेका विपन्न नागरिकका बालबालिकाहरुले सुविधासम्पन्न भवनामा बसेर शिक्षा आर्जन गरुन् भन्ने ध्ययले यस भवनको निर्माण गरिएको र उक्त भवनको संरक्षण गर्नुपर्ने जोड दिए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण शिक्षक चिन थापा मगरले गरेका थिए । कार्यक्रममा जनज्योति माविका निवर्तमान प्रअ खिमकान्त पराजुली, जनज्योति माविका प्रअ चन्द्रप्रकाश सुवेदी, नेविसंघ केन्द्रिय सदस्य एवं काँग्रेस महाधिवेशन प्रतिनिधी मिलन आले, समाजसेवी काजिमान श्रेष्ठ, भिमाद ३ का वडाध्यक्ष भुपेन्द्र राज मल्ल, समाजसेवी आनन्द श्रेष्ठ, नेकपा नेता राम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो । 

 

वि.सं. २०६२ सालमा स्थापना भएको यस बाल शैक्षणिक माविमा ३ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्छन् । १० कक्षासम्म सञ्चालन यस विद्यालयको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि अध्यापनमा सहज भएको विद्यालयका प्रअ बिजय राज गौतमले जानकारी दिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

  • 12 seconds ago
मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

काठमाडौँ । मलेसियामा नेपालीलाई अपहरण गरी फिरौती उठाउने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मोरङका दुर्गाबहादुर श्रेष्ठ उर्फ डेबिड हरेका छन् । उनलाई मंगलबार काठमाडौँको मह

कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

  • 1 minute ago
कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।

पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

  • 6 minutes ago
पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।