१० वर्ष अघि नेपालमा भएको त्यो ऐतिहासिक कन्सर्ट

  • शुक्रबार, ७ फागुन, २०७७
  • 1 week ago
  • नेपाल
फोटोः रोयटर्स

नेपालमा सर्वाधिक सफल सांगीतिक कन्सर्टको नाम हो ‘ब्रायन एडम्स लाइभ इन काठमाडौँ’ । सो कन्सर्ट नेपालमा भएको पनि आज १० वर्ष पुरा भएको छ । २०६७ साल फागुन ७ गते शनिबार अर्थात् सन् २०११ को फेब्रुअरी १९ मा त्रिपरेश्वरस्थित दशरथ रंगशालामा यो कन्सर्टको आयोजना भएको थियो । नेपाली संगीत पारखीहरुले सो भब्य कार्यक्रम सम्पन्न भएपछि सोही स्तरको कन्सर्टको स्वाद चाख्न पाएका छैनन् । किनकी विदेशी गायक/गायिका तथा सांगितिक समूह आएर नेपालमा त्यो स्तरको चर्चा पाउन सकेको छैन ।

 

२० हजार भन्दा बढी दर्शकको अगाडि चर्चित क्यानेडियन रक स्टार ब्रायन एडम्सले कन्सर्ट गरे । ती दर्शक तथा स्रोताहरु काठमाडौँको मात्र थिएनन् । उनीहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दर्शकहरु थिए । उनीहरु कन्सर्ट प्रत्यक्ष रुपमा हेर्न तथा सुन्नको लागि बस, हवाईजहाज तथा आफ्ना निजी सवारी चढेर काठमाडौँ आएका थिए । त्यस्तै, बिभिन्न देशका नागरिकहरु समेत ब्रायन एडम्सको कन्सर्ट हेर्नको लागि काठमाडौँ आएका थिए । 

 

 

सन् १९८० को दशकमा ‘ब्रायन एडम्स’ शीर्षकको  पहिलो गीतिसंग्रहबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायन एडम्स ‘समर अफ सिक्स्टी नाइन’, ‘एभ्रिथिङ्स आई डु’, ‘प्लिज फर्गिभ मी’ जस्ता  गीतमार्फत विश्वभरिका स्रोता तथा दर्शकमाझ लोकप्रिय थिए । सोही गीतहरु उनले स्टेजमा गाउँदा नेपाली दर्शकहरुले पनि साथ दिइरहेका थिए । नेपाल आउँदासम्म उनले सांगीतिक क्षेत्रमा ३२ वर्ष बिताइसकेका थिए । ब्रायन एडम्सले अमेरिकन म्युजिक एवार्डसहित विश्वकै प्रतिष्ठित संगीत पुरस्कार ग्रामी एवार्डसमेत जितिसकेको कारण उनको प्रतिक्षा दर्शकहरुले गरेका थिए । प्रतिक्षा अनुसार उनले नेपाली स्रोता तथा दर्शकहरुलाई निराश बनाएनन् ।

 

नेपालमा ब्रायन एडम्सको कन्सर्ट हुन लागेको कुरा सार्वजनिक हुँदा त्यतिखेर धेरैले पत्याएका थिएनन् । उनीभन्दा पहिला नेपालमा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेका गायक तथा गायिकाहरुको सांगीतिक कार्यक्रम नभएको हुँदा पहिलो पटक हुन लागेको कार्यक्रममा धेरै शंका तथा उपशंकाहरु गरिएका थिए । अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा चर्चित गायकको लागि उच्चस्तरिय साउण्ड सिस्टम मुख्य चुनौतिको विषय बनेको थियो । तर, आयोजक जेपीआर इभेन्ट्स तथा ओडीसी नेटवर्कले सोही कन्सर्टको लागि लाखौं रुपैयाँ खर्च गरेर भारतबाट भाडामा साउण्ड सिस्टम, लाइट तथा अन्य सामग्रीहरु ल्याएको थियो । त्यस्तै, अर्को सुरक्षाको विषय पनि थियो । आयोजकले प्रहरीको राम्रो साथ पायो । सोही कन्सर्टको लागि भनेर सयौं प्रहरी खटाइएको थियो भने आयोजक आफैले सयौंको संख्यामा सेक्युरिटी गार्डहरुलाई पनि परिचालन गरेर सौहार्दपूर्ण तरिकाले कन्सर्टको आयोजना सम्पन्न गरेको थियो ।

 

नेपाली दर्शकहरुले उनको कन्सर्टको लागि टिकट काट्ने वा नकाट्ने भन्नेमा पनि शंका गरिएको थियो । आयोजकले न्युनतम टिकट मूल्य नै २ हजार रुपैयाँ राखेको थियो भने सर्वसाधरणहरुले अधिकतम ६ हजार रुपैयाँ खर्चेर स्टेज अगाडिको लागि टिकट काट्नुपर्ने थियो । तर, माघ १ गतेबाट टिकट बजारमा उपलब्ध हुन थालेपछि कार्यक्रम सफल हुने छाँट देखिएको थियो । बजारमा टिकट उपलब्ध हुन थालेको केही दिनमा टिकट बिक्री भइसकेको थियो । 

 

 

कन्सर्ट हुने दिनसम्म आइपुग्दा चर्चा निकै चुलिएको थियो । जसले टिकट काटेका दर्शकहरुलाई अझै उत्साहित बनाइरहेको थियो । कन्सर्टको दिन दिउँसोदेखि त्रिपरेश्वर क्षेत्रको ट्राफिक ब्यवस्था अस्तब्यस्त हुन थालेको थियो । प्रहरीले एकतर्फीबाटोमा सवारी व्यवस्थापन गर्नुपरेको थियो । ब्रायन एडम्स तथा उनको ब्याण्डले स्टेजमा पाइला टेक्नुअघि नेपाली सांगितकर्मीहरुले आफ्नो प्रस्तुति राखेका थिए । सोही कार्यक्रमको लागि दशरथ रंगशालाको सबै गेटहरु २ बजेदेखि खुल्ला गरिएको थियो । ४ बजेदेखि ५ बजेसम्म डिजे सेसन भएको थियो । ५ बजेपछि करिब ७ बजेसम्म नमस्ते ब्याण्ड, मंगोलियन हार्ट, १९७४ एडी लगायतले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेका थिए । सोही स्टेजमा ब्रायन एडम्स आउने भएकोले दर्शक तथा स्रोताहरुलाई नेपाली सांगितिक समूहको प्रस्तुति फितलो लागिरहेको थियो । साँझ पौने ८ बजेदेखि ब्रायन एडम्स स्टेजमा आउनेबित्तिकै माहोला नै अलग भएको थियो । उनी आउनेबित्तिकै स्टेजमा अनेकथरीका बत्तिहरु बल्न थाले । उच्चस्तरिय साउण्ड सिस्टम बज्न थाल्यो । ठूलो स्क्रिनहरु चल्न थाले अनि दर्शकहरु उत्साहित भइहाले । अझै स्टेजमा चढ्ने बित्तिकै उनले बब सिगरको गीत ‘काठमाडौँ’ गाउन थाल्दा नेपालीहरुको भावना जोडिन पुगेको थियो । पौने १० बजेसम्म ब्रायन एडम्सले आफ्ना प्रस्तुति दिँदा दर्शकहरुले अन्तिमसम्म उत्तिकै साथ दिएका थिए ।

 

सो कन्सर्टले नेपालका संगीत पारखीहरुलाई अन्तराष्ट्रियस्तरको स्वाद दिएपछि नेपाली गायक  गायिका वा सांगीतिक समूहलाई चुनौति थपिएको भनेर केहीले विश्लेषण पनि गरेका थिए । त्यसपछिको समयमा नेपालमा उपलब्ध साउण्ड सिस्टमहरुले कार्यक्रम गर्न नसक्ने भन्दै विदेशबाट साउण्ड तथा स्टेजको लागि लाइटको ब्यवस्था गर्नुपर्ने कुरा उठेको थियो । हुन पनि सो कन्सर्टदेखि अहिलेसम्म आइपुग्दा नेपालमा हुने गरेका साना होस् या ठूला सांगीतिक कार्यक्रमका स्टेजहरु लोभलाग्दा बन्न थालेका छन् । स्टेजको पछाडि तथा छेउछाउमा ठूला स्क्रिनहरु राख्ने परिपाटीको सुरुवात सोही कन्सर्टदेखि नै भएको भन्दा फरक गर्दैन ।

 

सोही वर्षको नोभेम्बर १९ मा पनि नेपालमा अर्को डेनर्माकको चर्चित ब्याण्ड माइकल लन्र्स टु रक (एमएलटीआर) आएको थियो । काठमाडौँको टुँडिखेलमा भएको सो कन्सर्ट भने त्यति सफल हुन सकेन । ब्रायन एडम्सको कन्सर्ट गर्नेमध्येको एक ओडीसी नेटवर्क तथा इन्गेज इन्टरटेन्टमेन्टले आयोजना गरेको सो कन्सर्टको भेन्यु ठिक नभएको कारण सफल हुन नसकेको बताएका थिए । सो कन्सर्टमा करिब ५ हजार मात्रै दर्शक उपस्थित भएका थिए । 

 

सन् २०१३ मा अर्को चर्चित अन्तर्राष्ट्रिय सांगीतिक समूह ‘डीप पर्पल’ आउने कुरा थियो । तर, उनको कन्सर्ट रद्द भएपछि सोही वर्षको अगष्टमा गिटारिस्ट माइकल एन्जेलो बाटियो (एमएबी) आएका थिए । उनको सांगीतिक प्रस्तुति सबैको लागि थिएन । धेरै गिटारिस्ट तथा संगीत क्षेत्रमा लागेकाहरु उनको कार्यक्रममा सहभागी भएका छन् । सन् २०१५ मा पाकिस्तानका गायक अतिफ अस्लाम लगायत आए पनि कार्यक्रम भब्य भने हुन सकेन । ब्रायन एडम्सको कन्सर्ट भएपछि नेपालमा अन्तर्राष्ट्रिय कन्सर्टहरु चल्छ भन्ने कुरा त्यसपछि सिद्ध हुन सकेको छैन ।

 

बरु सन् २०१३ को अगष्टमा नै नेपालको चर्चित ब्याण्ड नेपथ्यले बेलायतको वेम्ब्ले एरिनामा सफल कन्सर्ट गरेको थियो । नेपाली सांगितिक समूहले गरेको सबैभन्दा भब्य भेन्यूमा भब्य कन्सर्ट गरेको थियो । त्यसपछिका वर्षहरुमा भने नेपाली संगित बजार खुम्चिएको देखिएको छ । ब्रायन एडम्सको जस्तो कन्सर्ट हुन सकेको छैन ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

  • 5 minutes ago
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे

फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

  • 11 minutes ago
फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएक

राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

  • 25 minutes ago
राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

काठमाडौँ । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।