भारतमा २६४ करोडको लागतमा बनेको पुल २९ दिन पनि टिकेन, मुख्यमन्त्रीले गरेका थिए उद्घाटन

एजेन्सी । पछिल्लो समय भारतको बिहार राज्य बाढी र कोरोनासँग जुधिरहेको छ । बिहार सरकारले  गरेको कामलाई लिएर समेत चर्को आलोचना भइराखेको छ । बिहारको गोपालगंजमा २६४ करोड भारुमा बनेको पुल २९ दिनमै भत्किएको छ ।

 

उक्त पुल निर्माण सकिएपछि बिहारका मुख्यमन्त्री नीतिश कुमारले भिडियो कन्फ्रेसबाट उद्घाटन गरेका थिए । २६४ करोडको लागतमा बनेको पुल पानीले बगाएको भन्दै नितिश कुमारप्रति कटाक्ष भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

पानीको ज्यादा दबाबका कारण पुल भत्किएको बताइएको छ । उक्त पुल भत्किएसँगै आवतजावत थप्प भएको अधिकारीहरुले जनाएका छन् । लालछापर, मुजफ्फरपुर, मोतिहारी, बेतिया जाने बाटो पुर्ण रुपमा बन्द भएको छ ।

 

तीन लाखभन्दा ज्यादा क्यूसेक पानीको बहाव रहेको र पुलले थाम्न नसक्दा भत्किएको बताइएको छ । 


थप समाचार

पोखरामा थप चार जनामा कोरोना संक्रमण

  • 2 minutes ago
पोखरामा थप चार जनामा कोरोना संक्रमण

कास्की । पोखरा महानगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ । वडा नम्बर ५ मा २ जना, वडा १७ र ३० मा १–१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

  • 12 minutes ago
अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण एकैदिन १९ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ । अष्ट्रेलियामामा थप ३५३ जना कोरोना संक्रमित थपिएका छन

कोरोना संक्रमणको जोखिममा को ?

  • 29 minutes ago
कोरोना संक्रमणको जोखिममा को ?

काठमाडौँ । क्वारेन्टाइनमा बसिरहेका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेका र संक्रमित धेरै रहेको स्थानमा बसिरहेका व्यक्ति उच्च जोखिममा पर्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथ



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।