ब्रेक्जिटका लागि कानुनी बाटो खुला

Norvic Hospital
  • मंगलबार, १२ आषाढ, २०७५
  • 3 years ago
  • युके

लण्डन ।  यूरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

 

मङ्गलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गड्गडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए ।

 

सभामुख जोन बर्कोले भने, बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धी ऐन (१९७२) ( जसलाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो ) महारानी एलिजावेथ द्वितीयबाट स्वीकृत भएको छ । अब विधेयकले कानूनी हैसियत प्राप्त गरेको छ । 

 

यसले मार्च २९, २०१९ को राती ११ बजे (ब्रसेल्सको मध्यरात) लाई बेलायती कानूनमा ‘ब्रेक्जिट ड’ेका रूपमा पनि स्थापित गर्नेछ । अर्थात् इयू ऐनको धारा ५० बाट हुने बहिर्गमन प्रक्रियाको पनि अन्त्य गर्नेछ । 

 

सन् २०१७ को जुलाईमा प्रस्तुत विधेयकमाथि बेलायती संसदमा २५० घण्टा लामो कडा बहस चलेको थियो । 

 

यूरोपप्रति शङ्का व्यक्त गर्ने बेलायतीहरूले विधेयकले कानूनी स्वरूप पाएसंगै खुशीयाली व्यक्त गरेका छन् । तर इयूबाट बेलायतको बहिर्गमनका लागि ब्रसेल्ससंगको वार्ता भने अझै विविध कारणले अनिश्चित देखिएको छ । 

 

अन्तराष्ट्रिय व्यापार मन्त्री लायम फक्सले विधेयकले कानूनी स्वरूप पाएपछि प्रतिक्रिया दिंदै भने, विधेयकले ब्रेक्जिटका लागि ‘अपरिवर्तनीय’ रूपमा बाटो खुला गरिदिएको छ बेलायतले ‘अब इयू नछोड्ने सम्भावना शुन्य’ रहने छ । 

-रासस

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म निःशुल्क सटल बससेवा सुरु

  • 6 minutes ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म निःशुल्क सटल बससेवा सुरु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्

राप्रपाले खोजेको सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र होः कमल थापा

  • 19 minutes ago
राप्रपाले खोजेको सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र होः कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सबै नेपाली अटाउने मौलिक प्रजातन्त्र खोजेको बताएका छन्। आज बुधबारबाट काठमाडौँमा सुरु भएको राप्रपाको एकता महाधिवेशनक

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

  • 20 minutes ago
मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गरेका हुन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।