ब्रेक्जिटबारे दोस्रो जनमत संग्रहको माग
- शनिबार, २६ जेष्ठ, २०७५
- 2 years ago
- युके

लण्डन । युरोपेली संघबाट बेलायतको औपचारिक बहिर्गमनअघि अर्को जनमत संग्रह गरिनुपर्ने माग गर्दैै एक अभियान सुरु भएको छ । बहिर्गमनअघि बेलायत र युरोपेली संघबीच हुने अन्तिम डिल को अनुमोदन जनमत संग्रहबाटै गर्नुपर्ने भन्दै यो अभियान सुरु गरिएको हो ।
यो अभियान सञ्चालन गर्ने 'बेस्ट फर ब्रिटेन' नामक समुहको नेतृत्व बेलायतका एकजना पूर्व मन्त्री लर्ड मालोक ब्राउनले गरिरहेका छन् । लेबर पार्टीका तर्फबाट मन्त्री बनेका उनी संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव समेत हुन् ।
ब्रेक्जिटको अन्तिम डिलको अनुमोदन जनमत संग्रहबाटै गरिनुपर्नेमा जोड दिदै नेता ब्राउनले भनेका छन्, 'यो समय ब्रेक्जिटको सम्बन्धमा सत्यलाई स्थापित गर्नुपर्ने समय हो न कि बसहरुका भित्तामा गलत तथ्यहरु झुण्ड्याउने ।'
बेलायती प्रधानमन्त्री टेरेसा मेका प्रवक्ताले भने अब ब्रेक्जिटकै सम्बन्धमा दोस्रो जनमत संग्रहको सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।
बेस्ट फर ब्रिटेनले भने दोस्रो जनमत संग्रहको आफ्नो मागलाई सम्भव तुल्याउन अहिले विपक्षी लेबर पार्टीका सांसदहरुलाई लक्षित गरिरहेको छ । संसदबाट दोस्रो जनमत संग्रह बोलाउने संशोधन पास गराउन लेबर सांसदहरुको अलावा सत्तारुढ कञ्जरभेटिभ पार्टीका १० विद्रोही मत पनि आवश्यक पर्नेछन् । सत्तारुढ तथा विपक्षी दुवै दलका फ्रन्ट बेन्चहरुबाट अहिलेसम्म दोस्रो जनमत संग्रहको माग अस्वीकृत नै छ ।
जनमत संग्रहमा बेलायत र युरोपेली संघबीच हने अन्तिम डिल स्वीकार गर्ने वा नगर्ने तथा बेलायत युरोपेली संघमै रहने सम्मको रोजाइहरु दिइनुपर्ने माग बेस्ट फर ब्रिटेनले गरेको छ ।
जनमत संग्रहको पक्षमा सांसदहरुलाई कन्भिन्स गराउने उद्धेश्यले अहिले समुहले बेलायतका विभिन्न ७० निर्वाचन क्षेत्रहरुमा अभियान गरिरहेको बताएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो
- 36 minutes ago

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक
पोखरामा कोरोनाका कारण २५ वर्षिय युवतीको मृत्यु
- 39 minutes ago

पोखरा । कोरोनाका कारण पोखरामा थप एक जना युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप एक जना युवतीको कोरोना संक्रमणबाट निधन भएको हो ।
पोखरामा थप २१ जनामा कोरोना संक्रमण
- 44 minutes ago

कास्की । पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।