विश्वकपमा विश्वकै महँगा दुई ब्राजिलियन खेलाडी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बुधबार, २० आषाढ, २०७५
  • 4 years ago
  • खेल
  • Brazil

काठमाडौँ । ब्राजिलका दुई स्टार खेलाडीले विश्वकपमा ठुलै चर्चा पाइरहेका छन् । नेयमार र कोटिन्हो दुई विश्वकै महँगा खेलाडीहरु हुन् ।

 

रसियामा जारी विश्वकपमा नेयमारले दुई गोल गरेका छन् भने कोटिन्होले पनि दुई गोल गरेका छन् ।

 

उच्च फर्ममा रहेका यी दुई खेलाडीको भरमा रहेको ब्राजिलले यस विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ । क्वाटरफाइनलमा ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।   

 

यस्तो रह्यो उनीहरुको क्लब यात्रा

 

१. नेयमार (बार्सिलना–पिएसजी, २२२ मिलियन युरो)

 

फ्रेन्च क्लब पिएसजीले गएको सिजन फ्रेन्च लिग वान हात पार्न सकेन । प्रतिस्पर्धी टोली मोनाकोले उपाधि जितेपछि यस सिजन पिएसजीले ठुलो रकम स्तरीय खेलाडीमा लगानी गर्यो ।

 

उसले बार्सिलोनाको स्टार खेलाडी नेयमारलाई २२२ मिलियन युरो तिर्दै अनुबन्ध गर्यो । विश्वका धनी तथा चर्चित क्लबहरुलाई आश्चर्य पार्दै यति ठुलो रकममा पनि खेलाडी किन्न सक्ने खुबी पिएसजीले देखाइदियो ।

 

बार्सिलोनामा छदाँ लियोनल मेस्सीको आझेलमा परेको महसुस गरेका उनले अन्तत बार्सिलोना जस्तो क्लब पनि छोड्न तयार भए । यस सिजन उनले पिएसजीमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् ।

 

जारी विश्वकपमा पनि उनको व्यवहार नौटकीं भएको आरोप लागेता पनि खेलमा भने उनी उच्च फर्ममा रहेका छन् ।

 

२. फिलिपिन्हो कोटिन्हो (लिभरपुल–बार्सिलोना, १२० मिलियन युरो)

 

लिभरपुलले बारम्बार बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको थियो । तर, स्वयम कोटिन्हो नै बार्सिलोना जान चाहेपछि लिभरपुलले पनि उनलाई रोक्न सकेन ।

 

तीनवटा प्रस्ताव अस्वीर गरेको लिभरपुलले अन्तत उनलाई १२० मिलियन युरोमा बार्सिलोनालाई बेच्यो । यसरी उनी विश्वकै दोस्रो महँगा खेलाडी बन्न पुगे ।

 

लिभरपुलमा छदाँ उत्कृष्ट खेल देखाएपछि बार्सिलोनाले उनलाई आफ्नो क्लबमा ल्याउन हरसम्भव प्रयास गरेको थियो । ब्राजिलियन स्टार खेलाडी कोउटिन्होलाई ठुलो रकम तिरेकोमा केही फुटबल विश्लेषकहरुले भने आश्चर्यता प्रकट गरेका थिए ।

तर, उनको खेलको प्रशंसा भने प्राय धेरै फुटबल पण्डितहरुले गरिरहेका छन् । यस विश्वकपमा सबैभन्दा धेरै आशा गरिएका खेलाडी हुन् । उनीले यस विश्वकपमा दुई महत्वपुर्ण गोल गरेका छन् ।

 

विश्वकपको दाबेदार मानिएको ब्राजिलालाई सफलता दिलाउन उनको अहम भुमिका हुने अपेक्षा गरिएको छ । 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

  • 12 seconds ago
नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

कोभिड–१९ पछि पर्यटन उत्थान कार्यक्रम सार्वजनिक गरेको मन्त्रालयले यसअघि नै भ्रमण दशक मनाउने उद्घोष गरिसकेको थियो । सोही योजना मुताविक सरकारले भ्रमण दशक मनाउने निर्णय गरेको हो ।

सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

  • 3 minutes ago
सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 10 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।