ब्राजिलको विश्वकप यात्रा लिग चरणबाटै सकिएला त ? यस्तो छ नालीबेली

Global IME
Mega Bank
Norvic Hospital
  • बुधबार, १३ आषाढ, २०७५
  • 4 years ago
  • खेल
  • Brazil

धेरै भन्छन् ब्राजिल पहिला जस्तो किलर टिम रहेन । रसियामा जारी विश्वकपमा पनि कठिन अंक जोडेको ब्राजिल आज सर्वियासँग खेल्दैछ । 

 

सन् २०१४ को विश्वकपमा जर्मनीसँग सात गोलले पराजित भएको ब्राजिल यसपटक भने केही हदसम्म राम्रो टोली रहेको बताइएको छ । रसियामा जारी विश्वकपमा ब्राजिलले दुई खेलमा जम्मा चार अंकमात्र जोडेको छ ।

 

आजको खेलमा सर्वियालाई पराजित गर्न सके अन्तिम १६ मा छनोट हुने पक्का छ । तर, सर्विया एउटा अनुभवी खेलाडीहरुले भरिएको टिम हो । उसका लागि ब्राजिल कठिन यात्रा हुन सक्छ तर, असम्भव भने हुने छैन । ब्राजिललाई पराजित गर्न सके सर्विया पनि अर्को चरणमा पुग्ने पक्का छ ।

 

यसका लागि पनि ब्राजिलका प्रशिक्षक टिटेले आफ्ना खेलाडीहरुलाई गम्भिर भएर खेल्न आग्रह गरेका छन् । सर्विया भने ब्राजिलको यसपटकको विश्वकप लिग चरणबाटै अन्त्य गराउने दाउमा रहेको छ । उसका धेरै खेलाडीहरु उच्च फर्ममा रहेका छन् । फुटबल फ्यानहरु बारम्बार आश्चर्य चकित पर्ने खेलहरु भइरहेका छन् । ब्राजिल पनि आउट हुने त होइन भन्ने धेरैले अनुमान गरेका छन् । 

 

ब्राजिलको दुई खेलमा चार अंक, सर्विया र स्वीजरल्याण्डको तीन तीन अंक रहेकोछ  । 

 

सन् १९५८ मा स्वीडेनलाई पराजित गर्दै ब्राजिलले पहिलो पटक विश्वकप उपाधि जितेको थियो । स्वीडेनमा नै आयोजित भएको उक्त विश्वकपमा ब्राजिलले स्वीडेनलाई ५–२ गोलले पराजित गरेको थियो । सन् १९६२ मा लगातार दोस्रो पटक ब्राजिलले विश्वकप जित्न सफल भयो । चिलीमा सम्पन्न भएको उक्त विश्वपकमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै विश्वकप उपाधि जितेको थियो । 

 

सन् १९७० मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा ब्राजिलले इटालीलाई ४–१ गोलले पराजित गर्दै तेस्रोपटक विश्वकप उपाधि जितेको थियो । त्यसपछि भने ब्राजिलले लामो समय विश्वकप उपाधि जित्न सकेन । अमेरिकामा आयोजना भएको सन् १९९४ मा भएको विश्वकपमा इटालीलाई ट्राइबेकरमा हराउँदै पुन विश्वकप उपाधि उचाल्यो । 

 

सन् २००२ मा दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्वकपमा जर्मनीलाई पराजित गर्दै ब्राजिलले पाँचौ पटक विश्वकपको उपाधि उचाल्यो । पाँच पटकको विश्वकप विजेता रहेको ब्राजिल यसपटकको विश्वकपको ग्रुप इ मा रहेको छ । उसले यस ग्रुपमा स्वीजरल्याण्ड, कोस्टारिका र सर्भियासँग आमनेसामने गर्नेछ । निकै बलियो विश्वकप इतिहास भएको ब्राजिलले पछिल्ला विश्वकपहरुमा भने खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । ब्राजिलमा नै आयोजना भएको सन् २०१४ को विश्वकपमा ब्राजिलले भोगेको लज्जास्पद हारले पनि यस कुराको पुष्टि गर्छ । 

 

सन् २०१६ मा ब्राजिलको प्रशिक्षकमा टिटेको आगमन भएको थियो । उनको आगमनले ब्राजिलको खेलमा नयाँ रुपान्तरण भयो । उनले लगातार ९ खेल जिताउँदै ब्राजिललाई विश्वकपमा छनोट गराउन सफल भए । 

 

हालसम्म सर्बिया र ब्राजिलबीच विश्वकपमा चारपटक आमनेसमाने भएको छ । यिनीहरुको नतिजा पनि सन्तुलित देखिन्छ । एकएक खेलमा जित र दुई खेलमा बराबरी नतिजा रहेको छ ।

 

स्टार खेलाडीहरुले भरिएको ब्राजिलले नेयमार र कोटिन्होबाट धेरै अपेक्षा राखेको छ । दुई खेलमा नेयमार र कोटिन्होले गोल गरेका थिए । नेयमार पुर्ण फिटमा नरहेका कारण पनि ब्राजिललाई समस्या भइरहेको प्रशिक्षकले बताएका थिए । 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 3 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक



पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।