बेलायती प्रधानमन्त्री जोनसनद्वारा सामुहिक कोभिड–१९ परीक्षणको घोषणा

  • मंगलबार, ९ मंसिर, २०७७
  • 2 months ago
  • युके

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् ।

 

कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरेका हुन् । 

 

सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उन जानकारी दिए ।

 

अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोना भाइरसको सङ्क्रमण न्युनिकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा गरेका हुन्।  

 

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको उनले बताए ।

 

यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ ।   

 

त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

  • 5 minutes ago
चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

एजेन्सी । चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको सार्वजनिक रिपोर्ट बाहिर आएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्

बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

  • 1 hour ago
बन्द हुँदै चर्चित कमेडि शो 'द कपिल शर्मा शो'

एजेन्सी । भारतीय चर्चित कमेडि शो 'द कपिल शर्मा शो' बन्द हुने भएको छ । मिडिया रिपोर्ट अनुसार निर्माण टिमले यसलाई बन्द गर्ने भएका छन् ।

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

  • 1 hour ago
आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।