उत्तर कोरियाको बर्बरताः दक्षिण कोरियाका एक अधिकारीको गोली हानी हत्या, शवमा आगो लगाएर समुन्द्रमा फालियो

एजेन्सी । पछिल्लो केही समयदेखि दक्षिण कोरिया र उत्तर कोरियाबीच तनावको स्थिति सिर्जना भएको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार उत्तर कोरियाका सैनिकले दक्षिण कोरियाका अधिकारीको हत्या गरेका छन् । उनको गोली हानी हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।  

 

सोलका एक सैन्य अधिकारी विहीबार भनेका छन्, 'उत्तरी कोरियाका सैनिकहरुले उनलाई घण्टौँसम्म सोधपुछ गरेका थिए । अन्ततः उनको गोली हानी हत्या गरियो । कोरोना भाइरसबाट बच्न उनको शब समेत उनीहरुले जलाए ।' 

 

पछिल्लो दशकमा उत्तर कोरियाद्वार दक्षिण कोरियाका नागरिकको हत्या भएको एउटा पनि घटना थिएन । तर, यो घटनाले भने उग्र रुप लिने अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार यो हाईअलर्टकको समयमा भएको घटना हो । उत्तर कोरियाले सिमा प्रवेश गर्न खोज्ने जो कोहीलाई पनि गोली हान्ने आदेश दिएको छ । कोरोना संक्रमण फैलिन नदिन उत्तर कोरियाले सिमा क्षेत्रमा कडा निर्देशन जारी गरेको थियो । 

 

दक्षिण कोरियाका एक सैनिकका अनुसार मारिएका अधिकारी मत्स्य विभागबाट रहेका छन् । सोमबार  योन्पयोग द्वीपको पश्चिमी सीमाबाट एक गश्ती जहाजमा रहेका उनी एकाएक गायब भएका थिए । 

 

उनीसँग ६ घण्टा लामो समय सोधपुछ भएको र त्यसपछि गोली हानी हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । ती अधिकारीले पिपिइ किट लगाएको समेत बताइएको छ ।

 

उनको हत्या गरेपछि पनि उनको शवमाथि तेल हालेर आगो लगाइएको बताइएको छ । जलेको शवलाई उत्तर कोरियाका सैनिकले पानीमा फालेको मिडिया रिपोर्टमा उल्लेख  छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युकेमा कोरोना कहर, एकैदिन २२४ जनाको मृत्यु

  • 18 seconds ago
युकेमा कोरोना कहर, एकैदिन २२४ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन २२४ जनाभन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । शुक्रबारमात्रै २० हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

पोखरामा थप एक जनालाई कोरोना संक्रमण

  • 11 minutes ago
पोखरामा थप एक जनालाई कोरोना संक्रमण

पोखरा । पोखरामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

  • 1 hour ago
‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

बलेवा । खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।