‘थट्स अफ म्युजिङस’ प्रकाशित

काठमाडौँ । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ । सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्दै पुर्खाले दिएको संस्कृति जर्गेना गर्दै अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको बताए ।

 

पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक सङ्गीता थापाले पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको बताउँदै राणाकालमा नेपालमा ३८ दरबार बनेको र त्यहाँका चित्रकलाबारे खोजी र अनुसन्धान हुनुपर्ने सुझाव दिए ।  

 

पुनम आरएल राणाले नेपाली कला र कलाकारका बारेमा जानकारी लिनका लागि पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गर्दै पहिले कपडामा कलाकृति बनेकामा  अहिले कागजमा बनाउने चलन चलेको तथा पहिले कलाकृति पूजाका लागि बनाइने तर अहिले व्यापारका लागि बनाइने चलन चलेको जनाइन् ।  

 

कलाकार तथा लेखक चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताउँदै नेपाली कलालाई चिनाउने र यसका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।  

 

सिर्जना कलेज अफ फाइन आर्टसका अध्यक्ष महेनमोहन श्रेष्ठले आगामी दिनमा समेत कलेजले कलाका विभिन्न विषयमा कृति प्रकाशन गर्दै जाने जानकारी दिए । कलेजका भाइस प्रिन्सिपल नवीन्द्रमान राजभण्डारीले नेपालमा कला प्रकाशनको अभाव भइरहेका बेला प्रकाशनमा आएको पुस्तकले त्यसको पूर्ति गर्ने धारणा व्यक्त गरे । 

 

अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चासमेत गरिएको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 3 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।