बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोराछोरीको मृत्यु

मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । 

 

उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ । 

 

फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

 

सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएको समाचारमा जनाइएको छ ।

 

तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा पड्किन पुग्दा आफ्नै परिवारका सदस्य गुमाएको प्रहरीले पुष्टि गरेको छ । 

 

फर्याब प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरासले बुधबार सो जानकारी दिनुभएको छ । बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हुन् । 

 

उनले आफ्नै घरमा बम बनाइरुहेका थिए । तर बम बनाउदै गरेको अवस्थामा उनकी श्रीमती र दुई छोराछोरीको घटनास्थलमा नै मृत्यु भएको सुरासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्। 

 

बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका भएको पनि सो समाचारमा जनाइएको छ । 

 

तालिबानहरुले फर्याब प्रान्तको केही भाग नियन्त्रण गरेर बसेका र बारम्बार आत्मघाती बमहरु हानी सर्वसाधारण नागरिकको ज्यान लिने गरको बताइन्छ । 

 

उनीहरुले सडकको किनारमा बम राखेर सर्वसाधारण नागरिक र सवारीमा यात्रा गर्ने व्यक्तिको ज्यान लिने गर्दछन् । मुल्लाहले यो बम पनि यसरी नै प्रयोग गर्नका लागि बनाएको अनुमान प्रहरीको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

  • 3 minutes ago
सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

एजेन्सी । सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारवाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली

‘कागजको ऐना हेरे जस्तो महसुस भयो’

  • 5 minutes ago
‘कागजको ऐना हेरे जस्तो महसुस भयो’

काठमाडौँ । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन् । उनीभन्दा उम

कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, हाल कस्तो छ उनको स्वास्थ्यावस्था ?

  • 12 minutes ago
कांग्रेस नेता नवीन्द्रराज जोशीको शल्यक्रिया, हाल कस्तो छ उनको  स्वास्थ्यावस्था ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।