बोल्ड सिनका कारण चर्चीत बनेका बलिउड फिल्महरु
- आइतबार, २७ साउन, २०७५
- 2 years ago
- कला र मनोरञ्जन

बलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’
फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् । तर पछिल्लो समय शाहरुख खानबाहेक अरु अभिनेताले फिल्म चल्ने गरेका छन् भने गीत र सेक्सको क्रेज भने कत्ति पनि घटेको छैन ।
फिल्मको स्क्रिप्टले डिमाण्ड गर्छ भने उनीहरु जस्तो सुकै बोल्ड सिन दिन पनि तयार रहन्छन् । केही यस्तै सेक्स सिनका कारण पनि फ्रिमा पब्लिसिटी पाउने स्टारहरु पनि उस्तै रहेका छन् । केही यस्तै बलिउड सेक्स सिनहरु छन् जसले बलिउडमा ठुलो चर्चा पाएका थिए ।
१. वि.ए पास
‘चक दे इण्डिया’ फिल्ममा सर्पोटिङ रोलमा काम गरेकी शिल्पा शुक्लाले बि.ए पास फिल्ममा सेक्सी अन्दाज पस्किइन् । उनका ती दृश्यहरुले दर्शकहरुलाई आश्चर्यमा पारेको थियो । फिल्ममा अत्यन्त हट सिनहरु रहेका थिए । यही कारण पनि उनी लामो समय चर्चामा रहेकी थिइन् ।
२.जिस्म
सन् २००३ मा आएको फिल्म ‘जिस्म’ ले बिपासा बासुलाई बलिउडको उचाईमा पुर्याउन ठुलो मदत गर्यो । जोन अब्रहामसँग उनले दिएको सेक्स सिनका कारण बलिउडमा ठुलै हंगामा मच्चिएको थियो । फिल्ममा रहेका हट सिनहरुका कारण फिल्मलाई एडल्ड सर्टिफिकेट दिइएको थियो । यस फिल्मा सेक्स सिनका साथै लिपलक सिनहरु धेरै रहेका थिए ।
३. कुर्बान
बलिउडकी स्टाइलिस जोडी सैफअली खान र करीना कपुरको फिल्म ‘कुर्बान’मा अत्यन्त सेक्सी सिनहरु रहेका थिए । यिनीहरुको हट केमिस्ट्री कारण फिल्मले पनि ठुलो पब्लिसिटी पाएको थियो । तर फिल्मले बक्सअफिसमा कुने कमाल भने गर्न सकेन । यस फिल्ममा करीना अर्धनंग्न समेत थिइन् ।
४. शुटआउट एट वडाला
यस फिल्ममा जोन अब्रहाम र कंगना रणावतले दिएको हट सिनले बलिउडमा ठुलै सनसनी मच्चाएको थियो । यी जोडीले दिएको सेक्स सिनका कारण पनि दर्शकहरु हलमा आएको बताइएको थियो । फिल्मले खासै सफलता नपाए पनि उनीहरुको त्यस सिनलाई लिएर दर्शकहरुले खुबै सिटी भने बजाएका थिए ।
५. एक पहेली लिला
सन्नी लियोनले यस फिल्ममा अत्यन्त उत्तेजक सिनहरु दिएकी थिइन् । यस फिल्ममा सेक्स र हट सिन भएका कारण पनि दर्शकहरु हलमा तानिएका थिए ।
६. हेट स्टोरी १, २, ३
हेट स्टोरीका तीन पाटर््समा सेक्स सिनहरुलाई ठुलो महत्वका साथ प्रस्तुत गरिएको थियो । पहिलो पार्टमा अभिनेत्री पौली डामले बोल्ट र इन्टिमेट सिन दिएर ठुलो चर्चामा रहिन् । दोस्रो पार्टमा सुरवीन चावलाले ग्ल्यामर र सेक्स दर्शकहरुमाझ पस्किन् । तेस्रोमा जरिन खान र डेजी शाहले सबै सिमा तोड्दै सेक्स सिनहरु दिए । यस फिल्मका पार्टहरुले बक्सअफिसमा राम्रै कमाइ गरे ।
७. रागिनी एसएमएस २
सन्नी लियोनले यस फिल्ममा यस्ता हट सिनहरु दिइन जसका कारण उनलाई भारत छोड्न केही महिला संघसस्था नै लागि परे । उनले यस फिल्ममा सावरमा दिएको सिन कुनै एडल्ट फिल्मको भन्दा कम थिएन । यस फिल्म उनले आफ्ना सह अभिनेत्रीसँग लिपलक सिन दिएकी थिइन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की
- 6 hours ago

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
- 6 hours ago
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक
- 6 hours ago

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।