फेरि हलमा रिलिज हुँदै बलिउडका यी सुपरहिट फिल्महरु

एजेन्सी । भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । अब भने १५ अक्टोबर अर्थात् भोली बिहिबारबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म 'पीएम नरेन्द्र मोदी' रिलिज हुने भएको छ ।

 

गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो ।

 

योसँगै रिलिज भईसकेका फिल्महरु, तानाजीः द अनसंग वारियर, मलंग, केदारनाथ, थप्पडशुभ मंगल ज्यादा सावधान लगायतका फिल्महरु फेरि हलमा रिलिज गर्न लागिएको हो । 

 

नाम चलेका फिल्महरुले हलमा प्रदर्शन मितिको प्रतिक्षा गरिरहँदा निर्माण टिमले लकडाउनपछि ब्यापारमा घाटा ब्यहोर्नुपर्ने आँकलनसँगै यी एकपटक रिलिज भइसकेका फिल्महरु पुनः रिलिज गरिएको बताइएको छ । 

 

जसमा रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म 'सुर्यवंशी' उदाहरण रहेको छ । कोरोना महामारी सुरु हुनुभन्दा पहिले यो फिल्म मार्च २४ मा रिलिजका लागि तयार रहेको थियो । तर हाल भारतमा सिनेमा घरहरु सञ्चालनमा आउने भनेपनि प्रतिक्षित अक्षय कुमार स्टारर यो फिल्म सुरुमै रिलिज गरेर निर्माण टिम रिक्स लिन चाहँदैन । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

  • 15 minutes ago
आलु पाठशाला सञ्चालन गर्दै झिमरुक गाउँपालिका

प्युठान । झिमरुक गाउँपालिकाको कृषि शाखाले हाल आलु पाठशाला सञ्चालन गरेको छ । आलु लगाउनेदेखि आलु लगाउने विधि सिकाउनका लागि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा २५ सक्रिय कृषक सदस्य सहभागी छन् ।

सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

  • 46 minutes ago
सुरु भयो कक्षा १२ को परीक्षा, कति परीक्षार्थी छन् सहभागी ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा ढुक्क भएर सहभागी हुन सम्बन्धित विद्यार्थीहरुसँग आग्रह गरेका छन् । उनले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क

कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत

  • 53 minutes ago
कास्कीमा सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत

कास्की । जिल्लामा सञ्चालित क्रसर उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्लास्तरीय अनुगमन समिति तथा जिल्ला प्रशासनले सोमबार यहाँका केही क्रसर उद्योगमा संयुक्तरूपमा गरेको अनुगमनमा



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।