१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

एजेन्सी । एक बच्चाकी आमा बनिसकेकी नायिका करिना कपुरले हालै एक अन्तर्वार्ताको दौरान आफू आरामको मुडमा नरहेको बताएकी थिइन । उनी काम गर्नु इच्छुक छिन् । 

 

उसो त उनको कामप्रतिको लगाव नयाँ होइन । उनले आफूभन्दा १० वर्ष जेठा सैफ अली खानसँग विवाह गर्नुपूर्व उनका अगाडि एउटा शर्त तेस्र्याएकी थिइन । 

 

अघिल्लो वर्षको मार्चमा महिला दिवसको सेलिब्रेसन कार्यक्रममा करिनाले यो कुरा मिडियाका अगाडि खुलासा गरेकी हुन् । 

 

महिला दिवसको सेलिब्रेसन कार्यक्रम दौरान ३५ वर्षीया करिनाले भनिन्, ‘आज म एक श्रीमती हुँ, भोलि सायद आमा बनुला । तर, म उमेरभर काम गरेर पैसा कमाउनेछ, जसमा मेरा पतिले सपोर्ट गर्नेछन् । केवल यो शर्तमा मैले सैफसँग विवाह गरेकी थिएँ ।’ 

 

उनले एक अन्तर्वार्तामा सोधिएको थियो, के आमा बनेपछि उनी आफ्नो कामबाट छुट्टी लिनेछिन् ? त्यसको जवाफमा उनले भनिन्, ‘नाइ । मेरो यस्तो कुनै मुड छैन । यदि म कलाकार नभएर सेफ वा केही अरु काम गरिरहेकी हुने थिए, त्यहाँ पनि यस्तै गर्नेथिए । मलाई अभिनय राम्रो लाग्छ, त्यसकारण यसलाई किन रोक्ने ?’

 

यस्तै बयान उनले हलिया फैसन वीकमा शो स्टापर बनेपछि पनि दिएकी थिइन । उनले भनेकी थिइन, ‘यदि तपाईं आफ्नो कामलाई प्रेम गर्नुहुन्छ तर सब सहजै हुन्छ । मानिसहरु सोच्छन् कि नायिकाको विवाह भइसक्यो, अब यो बस बच्चा सम्हाल्नेछ । यो सबै प्राकृतिक त हो । यसका बाबजुद हामी आफ्नो काम जारी राख्न सक्छौं ।’ 

 

करिना अभिनित फिल्म  ‘वीरे दी वेडिङ’ केहि हप्ता अगाडि रिलीज भएको थियो । 

 

सैफकी दोस्रो श्रीमती 

 

करिना सैफकी दोस्रो श्रीमती हुन् । उनीहरुको विवाह १६ अक्टोबर २०१२ मा भउकी थियो । सैफकी पहिली पत्नी अमृता सिंह थिइन । 

 

सैफसँग विवाह हुनुपूर्व लामो समयसम्म उनको अफेयर्स शाहिद कपुरसँग चलेको थियो । तर, शाहिदसँग ब्रेकअप भएपछि उनको हात सैफले थामेका थिए ।

 

सैफ र करिनाको प्रेमकथा 

 

सन् २००७ आसपास शाहिद कपुरसँग ब्रेकअप भएपछि करिना सैफ अली खानसँग नजिकिएकी थिइन । 

 

फिल्म ‘ओमकारा’मा धेरै कम सीन सैफ र करिनालाई एकसाथ सुट गर्नुपर्ने थियो । सेटमा दुवै साथसाथै देखिन्थे । जब करिना वा सैफका सीन सँगसँगै नभएपनि उनीहरु साथसाथै देखिन्थे । 

 

‘ओमकारा’पछि सैफ करिनाको निकटता यशराजको ब्यानरमा बनेको फिल्म ‘टसन’को सुटिङका क्रममा देखिएको थियो । सुटिङको समय उनीहरु दुवै लामो वाकमा जान्थे । यी दिनमा अफेयरको गसिप दिन सुरु भइसकेको थियो । तर, उनीहरुले मिडियासँग यसलाई अस्वीकार गरे । 

 

लैक्मे फेसन वीकको दौरान सैफ—करिना पहिलो पटक साथसाथ एक गाडीमा आए । यही उनले पहिलो पटक करिनासँग डेट गरिरहेको स्वीकार गरेका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 7 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।