बलिउडमा असफलता पाएपछि कुलतमा फसेका कलाकारहरु !

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

 

उनीहरु रक्सी तथा चुरोटको सहारा लिने गर्छन् । रक्सी र चुरोटको यस्तो नशामा डुब्छन् कि उनीहरु त्यो लतबाट बाहिर आउन ठुलै मुल्य समेत चुकाउने गरेका छन् ।

 

केही बलिउड अभिनेत्रीहरु ब्रेकअप भएकै कारण आफुलाई कमजोर बनाउँछन् र कुलतमा फस्छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जो कुलतमा फसे र आफ्नो ज्यान समेत गुमाए ।

 

को–को बलिउड अभिनेत्रीहरु फसे त रक्सी तथा चुरोटको लतमा ?

 

कोंकणा सेन

 

भारतीय फिल्म क्षेत्रमा बलियो अभिनय कला भएकी कोंकणा सेन कुनै समय रक्सी र चुरोटको लतमा फसेकी थिइन् । तर सन् २०१० मा जब उनी गर्भवती भइन् बच्चाको लागि भएपनि उनले चुरोट र रक्सी छोड्ने निर्णय गरिन् ।

 

सुस्मिता सेन

 

मिस युनिभर्सको ताज पहिरिएकी सुस्मिता चेक स्मोकरको रुपमा समेत परिचीत थिइन् । उनलाई बिटाउन अल्कोहलिको नाउँले समेत गनिन्छ । तर उनले यस कुरालाई अस्विकार गर्दै आइरहेकी छिन् ।

 

सिल्क स्मिता

 

साउथ फिल्मकी सेक्स सिम्बोलको रुपमा परिचित चर्चीत अभिनेत्री सिल्क स्मिता रक्सीको लतमा नराम्रोसँग फसेकी थिइन् । जब उनलाई फिल्मका अफरहरु कम हुदै गए उनी डिप्रेशनमा गएकी थिइन् । अन्तिम दिनहरुमा त उनी सेटमा नै रक्सी पिएर आउने गर्थिन् ।

 

मिना कुमारी

 

ट्रेजेटी क्विनको रुपमा परिचीत महशुर अभिनेत्री रक्सीको नशाको नराम्रो लत थियो । उनको लत यसरी बढ्यो कि उनको ३९ वर्षको उमेर ज्यादा रक्सीका कारण उनको मृत्यु भयो ।

 

राखि गुल्जार

 

राखि गुल्जारले कुनै समय रक्सीलाई सबैभन्दा प्रिय साथी बनाएकी थिइन् । जब राखिका पतिले उनलाई धोका दिदै मीना कुमारीसँग सम्बन्ध बनाए तब उनी रक्सीको नजिक भइन् । त्यही पिरलाई भुलाउन भएपनि उनी रक्सीको सहारा लिइन् ।

 

जया बच्चन

 

यो कुरा सुन्दा अचम्म लाग्न सक्ला जया बच्चनलाई पनि रक्सीको लत थियो । यो कुरा कतिको साँचो हो यो त जया बच्चनलाई थाहा छ तर उनी रक्सी एक समय अत्यन्त पिउने गरेको बताइएको थियो ।

 

मनिशा कोइराला

 

मनिशा कोइराला आज लाखौ मानिसहरुका लागि प्रेरणाको श्रोत भएकी छिन् । तर, उनी एक समय चेन स्मोकरको रुपमा परिचीत रहेकी थिइन् । उनलाई विभिन्न पार्टीमा रक्सी खाँदै रमाउँदै गरेको विभिन्न सञ्चारमाध्यमले पनि देखाएका थिए । तर, उनले अब यी लत देखि परै बस्ने घोषणा समेत गरेकी छिन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 4 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 10 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 13 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।