'पूर्व राजादेखि विप्लवसम्म अट्नसक्ने संसदीय व्यवस्था आवश्यक'
- मंगलबार, ११ फागुन, २०७७
- 1 week ago
- राजनीति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक रहेको बताएका छन् । आज हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा आयोजित कार्यकर्ता भेलामा उनले सर्वोच्च अदालतबाट आउने फैसलालाई सत्तारूढ दल, नेपाली कांग्रेस र अन्य दलहरूले सर्वमान्यरुपमा स्वीकार गर्नुपर्ने बताए ।
उनले स्वाधीनता, सबल तथा समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब सबै राजनीतिक दल उदार एवम् नयाँ ढङ्गले अघि बढ्नुपर्ने र निषेधकोे राजनीति परित्याग गरी पूर्व राजादेखि विप्लवसम्म अट्नसक्ने संसदीय व्यवस्था आवश्यक रहेको बताए।
अध्यक्ष थापाले ‘राष्ट्रमा गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता विदेशीको कार्यसूची भएको विचार राख्दै सो विषयमा नेपालीहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ’ भने । उनले अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्यान्डेट नभएको बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले नेपाली जनताको गरिबी उन्मूलन गर्ने विकासको पूर्वाधारलाई आत्मनिर्भर बनाउने अभियानलाई गतिशील तुल्याउनका लागि प्रदेश सरकारको भूमिका सकारात्मक हुनुपर्ने सुझाव दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स
- 2 minutes ago

एजेन्सी । सलमान खान स्टारर बहुप्रतिक्षित फिल्म राधेः योर मोस्ट वान्टेड भाईको वितरण, भिडियो स्ट्रीमिंग र म्युजिक राइट्स गरेर २३५ करोडमा बिक्रि भएको छ ।
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै
- 5 minutes ago

काठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चि
आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
- 13 minutes ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सोमबार बसेको सो समूहको सचिवालय बैठकले आज आज केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।