विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह
- बिहीबार, १६ आषाढ, २०७९
- 1 month ago
- नेपाल

खलंगा । मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ ।
प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटोछरितो राहत उद्धार र पुनःस्थापनका लागि स्थानीयतह विपद् पूर्वतयारीमा लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताए । जिल्लाका आठवटै पालिकाले आगामी आवको बजेटमा समेत विपद् व्यवस्थापनका लागि न्यूनतम रु १५ लाखदेखि रु ५० लाखसम्म बजेट विनियोजन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा यहाँका स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिकाबीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरेका छन् । पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनःस्थापनका लागि अन्तरपालिकाबीच हातेमालो गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले विपद् पूर्वतयारीसँगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 7 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 33 minutes ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।