प्रहरीले विनयजंग बस्नेतको मोबाइल फोरेन्सिक ल्याबमा पठायो
- शुक्रबार, ७ फागुन, २०७७
- 1 week ago
- नेपाल

काठमाडौँ । प्रहरीले मंगलबार पक्राउ परेका विनयजंग बस्नेतको मोबाइल फोरेन्सिक ल्याबमा पठाएको छ । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले बस्नेतविरूद्ध प्रहरीमा जाहेरी दिएपछि बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौँको गोंगबु क्षेत्रबाट पक्राउ गरेको थियो ।
सपनाले आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएकी थिइन् । बेबारिसे शवको दाहसंस्कार गर्दै आए बस्नेतले युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा सपना कोही पनि नभएको र नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले आइतबार काठमाडौँ परिसरमा अभद्र व्यवहारको मुद्दा जाहेरी गरेकी थिइन् ।
फोनमा नांगा फोटोहरु रहेको दाबीको बारेमा जाँच गर्नको लागि प्रहरीले बस्नेतको फोन जाँचको लागि ल्याबमा पठाएको हो । उनको फोनमा केही प्रमाणहरु भेटिए उनीमाथि साइबर मुद्दासमेत चलाउने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहारको मुद्धामा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति पाएको छ।
यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। तर, उनीहरुबीचमा कुरा नमिलेपछि अलग भएर आरोप–प्रत्यारोपमा खनिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो
- 14 minutes ago

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो । आजको वार्तामा विप्लव समूहले
प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप
- 15 minutes ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन् । खोप लगाएप
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं
- 23 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।