बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मुलुक भित्रका समस्या र चुनौतीबीच देशमा बहुक्षेत्रीय प्राविधिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलन हुनुलाई राष्ट्रको गौरवको विषयका रुपमा लिएको छ । 

 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबारदेखि काठमाडौँमा शुरु भएको सो बैठकमा छिमेकी मित्रराष्ट्र चीनसँग पारवहन तथा यातायातसम्बन्धी प्रोटकलमा सहमति हुनुलाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने जनाइएको छ । 

 

बैठकमा पार्टी अध्यक्ष थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदनमा सैन्य अभ्यासको सन्दर्भमा सरकारले लिएको ढुलमुले र अस्थिर नीतिले नेपालको सन्तुलित परराष्ट्र नीति र छिमेकी राष्ट्रसँगको सम्बन्धमा अपरिपक्वता देखिएको उल्लेख गरे । 

 

संविधान जारी भएपछि भएका चुनावबाट गठन भएको सरकारले आर्थिक, राजनीतिक तथा सामाजिक रुपान्तरणमा जनअपेक्षा पूरा गर्न नसकेका कारण छोटो समयमा नै जनता निराश भएको विषयमा चिन्ता व्यक्त गर्दै प्रतिवेदनमा मुलधार र संस्थापन पक्ष भएको हुँदा केन्द्रीय कार्यसमितिको बैठकमार्फत विगतमा सँगै काम गरेका र समान विचारधारा भएका दललाई एकतामा आउन आग्रह गरिएको छ । 

 

पार्टीका उपाध्यक्ष दिलविकाश राजभण्डारीका अनुसार उक्त बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय र सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा ७ मध्ये ५ वटा प्रदेश कार्य समितिका अध्यक्षले प्रदेश सङ्गठनसम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

  • 11 minutes ago
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।

गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

  • 19 minutes ago
गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता गोकुल बाँस्कोटाले अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेको बताएका छन् ।

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

  • 30 minutes ago
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।