पक्राउ परेकालाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ

  • मंगलबार, १८ फागुन, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरुलाई भेट्न गएका पत्रकार श्रेष्ठलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

 

फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले आज बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठको भनाई छ ।

 

तर, प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले पक्राउ गरेको बताएको छ । 

 

प्रहरीले फागुन १२ गते बालाजु बाइपास क्षेत्रको सडक विस्तार अन्यायपूर्ण भएको भन्दै विरोधमा उत्रिएका ६ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई छुटाउन भन्दै प्रहरी कार्यालयमा पुगेका थप दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई भेट्न जाँदा पत्रकार श्रेष्ठ पनि पक्राउ परेका हुन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 1 hour ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 1 hour ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।