'राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन'
- मंगलबार, ७ आषाढ, २०७९
- 1 month ago
- अर्थ

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।
“एकजना नेताले शेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,” सांसद भट्टराईले भने, “लगानीकर्ताले शेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”
उनले नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको शेयर बजारमा सुधार ल्याउन जरुरी भएको उल्लेख गर्दै भने, “राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
- 7 minutes ago

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 41 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 1 hour ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।