सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट विजयी
- सोमबार, १२ माघ, २०७७
- 1 month ago
- खेल

एजेन्सी । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् ।
टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।
होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए ।
यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए। उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लेस्टर सिटीले ब्राइटनलाई हरायो
- 1 minute ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराति भएको खेलमा लेस्टरले ब्राइटनलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।
दोस्रो स्थानमा उक्लियो बार्सिलोना
- 8 minutes ago

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।
ताज महलसँग जोडिएको अमर प्रेम कथा
- 21 minutes ago

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।