चीनले वाइडेनलाई किन दिएन बधाई ?
- मंगलबार, २५ कार्तिक, २०७७
- 2 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । अमेरिकाको राष्ट्रपतिय निर्वाचनको नतिजा आइसकेको छ । जो वाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जित हासिल गरिसकेका छन् । उनलाई विश्वभरबाट बधाईको ओइरो आइरहेको छ ।
तर, चीनले वाइडेनलाई हालसम्म पनि बधाई दिएको छैन । चीनले उनलाई बधाई दिन अस्वीकार गरेको छ । मिडिया रिपोर्टका अनुसार निर्वाचनको नतिजा निर्धारण अझै हुन बाँकी रहेको कारण चीनले देखाएको छ ।
डोनाल्ड ट्रम्पले अझै पनि आधिकारीक रुपमा हार स्वीकार गरेको अवस्था रहेको छैन । न्यायका लागि ट्रम्पले आफु लड्ने बताइरहेका छन् । त्यस्तै रसिया, मेक्सिकोले पनि वाइडेनलाई बधाई दिएका छैनन् ।
ट्रम्पको कार्यकालमा चीन र अमेरिकाबीच सम्झन योग्य सम्बन्ध बन्न सकेन । व्यापार युद्धदेखि एक देशले अर्को देशको राजदुताबास खाली गर्ने कदम सम्म उठाइए । युद्धको छनक पनि यसबीच बाहिर आइनै रहे ।
दुई देशबीच आरोप प्रत्यारोप व्यापक चल्यो । ट्रम्पले चीन वाइडेनको पक्षमा रहेको र आफुलाई पराजित गर्न लागि परेको आरोप समेत लगाएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 3 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 3 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 4 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।