स्वार्थ मिल्दा एक हुने नेताहरु !

नेपालको राजनीति मैले बुझे, देखे, भोगे अनि सुने देखि नै अस्थिर छ । यो अस्थिरता कसले ल्यायो ? किन ल्यायो ? किन ल्याउनु पर्‍यो ? यसले फाइदा कसलाई ? यो चाहने को ? किन स्थिरता हुनै सक्दैन ? धेरै प्रश्नहरु अनुत्तरित छन किनकी धेरैले बुझेर पनि उत्तर दिन मान्दैनन किनकी सही उत्तर दिदै हिडे उसको हातमुख नै जोडिन मुस्किल छ । किनभने यी बुझेर पनि उत्तर उल्टो पाल्टो दिनेहरुको गरेर खान लाई कुनै सिप ज्ञान नै छैन । उनीहरु अरुको गुलामी ,चाकरि नै आफ्नो कला संस्कृतीको रुपमा सिरोधार गर्चन ।उनिहरुमा कुनै भविष्यको सम्भावित अक्सरको कुनै नजर अनदाज लाउने ल्याकत नै छैन । उनिहरुलाई थाहा छैन कि आफु सङ सङगै आफ्न भाबी पुस्ताहरुलाई पनि त्यही अनुत्पादक भुमरी भित्र फसा उदैछौ भनेर । आफु मात्र बनेर हुँदैन , सन्तती बन्न लाई त देश बन्नु पर्छ भन्ने आधार भुतज्ञान नभएकाहरु आजको परिबेशमा ठुला ठुला ओहदामा कसरी पुगेका छन यो हामी सबैको दुर्भागय नै मान्नु पर्छु । अनि उनिहरुको औकात बुझेर पनि उनिहरुकै पछी लाग्ने हामीहरु चाही के जाना जान बली बन्न गएकै हौ त ?  

 

यदी आफु बनेर देश बन्ने भए जङ्ग बहादुर राणा बन्दा किन देश बनेन ? उसको आफ्नै खुद सन्तती भक्तपुरमा दुखको जीवन ब्यतित गर्न बाध्य छन किन ? किन उनका वरपर का केहि मात्र धनी बन्न पुगे ? अनि सारा नेपाली किन दुखी बन्न पुगे ? आज जङ्ग बहादुर सँग खुद उनकै आफ्नो सन्तान खुशी छैनन्, किनकी उनको ब्यक्तिबादी सोचले अर्को पुस्ताको निम्ती सोच्नै सकेन । यदी उसले अर्को पुस्ताको लागी सोचिदेको भए आज उनका सन्तान मात्र हैन हामी सबै सगौरबका साथ नेपालमै काम गरिरहेको हुने थियौ , नकी अरबबाट बाकसमा फर्किनु पर्थ्यो । आज हामिलाई चहिएको अर्को तानाशाही जङ्ग बहादुर जो आफु बाहेक अरु देख्दै नदेख्ने अरु चिन्दै नचिन्ने अनि आज भन्दा माथी गएर भोली हेर्नै नसक्ने कुलङ्गार नेता हुँदै हैन । हामीलाई चहिएको आजको धारातलमा बसेर भोली , आघौ ,अर्को पुस्ता अनि हजारौ पुस्ताको जीवन कल्पना गर्न सक्ने अनि योजना दिन सक्ने बिसाल हृदय अनि बिसाल दिमाग भएको नेता चाहिएको हो । सोचे जस्तो उत्कृस्ट नेता पाउन नसके पनि देशै डुबाउने ,हामिलाई नै जुझाउने अनि हामिलाई नै नोकर बनाउने निरङ्कुस सोच भएका ब्यक्तित्वहरुलाई नेता नमानौ किन कि हामीलाई गणतन्त्र चाहिन्छ ,तानासाही तन्त्र हैन जसले कसैको भलो हुनै सक्दैन । 

 

आजको नेपाली राजनितिको माग भनेको तानासाही तन्त्र स्थापना गर्ने कि गणतन्त्र हो । हामीले गम्भिर भएर कर्म गर्नु पर्ने दिन आएको छ आज । धेरै ठुलो चुनौती छ हाम्रो अगाडी किनकी ठुला दलका ठुला नेताहरु तानासाही तन्त्र स्थापना गरी आफु सर्वोच्च नेता हुनमा शक्ति प्रदर्शनमा लगेका छन् भाग बण्डाको निम्ती । जती सुकै प्रचण्ड-माधब्, केपीले ढाटे पनि उनिहरुको धोती फुस्किसकेको छ । उनीहरु को स्वार्थ मिल्यो भने उनिहरु जतिबेला पनि एक हुन सक्छन् । यता देउवा-पौडेल आफ्नो भाग बण्डाको नियुक्ती पाए नेकपाले जे गरे पनि मौन नै रहने स्थितिमा छन । यसको मतलब उनिहरु पनि व्यवस्था हैन शक्ति सन्तुलन मिले   नेकपा कै बाटोमा छन । यो सारै दुःखद अनि काहाली लाग्दो स्थितीमा साना दलहरु र तीनका नेताहरु पानी मरुवा भएर देश रोएको हेरेर बसिरहेका छन ।

 

सबै भन्दा ठुलो अचम्मको कुरा त कुनै नेताको पनि ठोस योजना छैन,देशलाई कसरी समृद्दी बनाउन सकिन्छ ? भोली के गर्ने ? कसरी गर्ने ? कहाँ पुगिन्छ ? अनि त्यो योजना फेल भए अर्को के ?  अबको हाम्रो कर्तब्य भनेको ति आफु भन्दा अरु देख्दै नदेख्ने नेतारुपी ब्वासाहरुलाई समर्थन नगर्नु नै हो । तर समर्थन नगरि घरै बसेर पनि केहि हुने वाला छैन । तसर्थ अब उनिहरुको बिरुद्दमा आफ्नो आफ्नो ठाउबाट बिभिन्न तवरबाट उनिहरुको भण्डाफोर गर्नुको कुनै बिकल्प छैन । ताकी तानाशाहको जुन प्रयास भैरहेको छ अहिले त्यसलाई तुवाउन सकियोस् । 

 

आज जती पनि आन्दोलन, प्रचार प्र्सार ,हडतालमा खर्च भइरहेको छ ति  सब पैसा  केपी गुटले झापामा गरेको भए झापाले मुहार फेरेर झपक्कै नयाँ बेहुली झै भएर पुस्तोउ पुस्ताको निम्ती गरी खाने बाटो बन्थ्यो । त्यस्तै गरी प्रचण्ड माधबले सम्पुर्ण शक्ति अनि पैसा भरतपुर चितवनमा लगानी गरेको भए भरतपुर चिटवन उत्कृस्ट गन्तब्य सबैको लागि अनि नमुना शहर नमुना ठाउ हुन सक्थ्यो, जनता ले चाहे जस्तै । तर उनिहरुको मनसाय गाउ बनाउने हैन, देश बनाउने हैन आफु बन्ने हो तसर्थ जसरि हुन्छ हातमा सक्ती चाहिन्छ उनिहरुलाई । शक्ति नभए हातमा बहुलाउछन यिनीहरु अनि सक्ती हातमा भए निदाउछन यिनीहरु ।

 

यिनीहरुको बोलिको ब्यवस्था भनेको हामीलाई भुल्याउनु हो, तसर्थ उनिहरुको बोलीमा ताली  नपडकाउनु नै हाम्रो निम्ती भलाई हुनेछ ।उनिहरुको भासन सुन्नु , ताली बजाउनु भनेको उनीहरुलाई अझा बदमास हुन उक्साउनु हो जुन तपाईं हाम्रो हातमा छ उनिहरुलाई उक्साउने कि थन्काउने । 

 

म कुनै व्यक्ति बिसेसको बिरोधी हैन ।सबैलाई व्यक्तिको रुपमा सम्मान छ । तर आज देशलाई बिभिन्न बहानामा तानाशाहितन्त्रमा लागिरहेको देख्दा टुलुटुलु हेरेर बस्नु हामी स्वेयमको जानाजान अपराध पनि हो तसर्थ यो अपराधबाट बच्नको लागी हाम्रो आखामा, हाम्रो सन्ततिको आखामा छारो हानी हाम्रो थाल खोसी खान खोज्नेहरुको विरुद्दमा बोल्नु हाम्रो कर्तव्य हो । यिनीहरुलाई सही बाटोमा ल्याउन नसके, तानासाही तन्त्रलाई रोक्न नसके भोली दुइ छिमेकी मुलुकको परेड खेल्ने मैदान नेपाल नहोला भन्न सकिन्न । तसर्थ हामी सबै मिली गणतन्त्रलाई ज्युदो राखौ जुनसुकै पार्टी ,जात–धर्म भए पनि हामी सबै नेपाली मिलेर ।आजको अन्तिम प्रश्न भनेको गणतन्त्र कि तानाशाही तन्त्र हो ।  

 

उत्तर तपाईं हाम्रो लगाबमा छ ,तपाई हाम्रो झुकावमा छ ।

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

  • 8 minutes ago
बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता जारी !

काठमाडौँ । सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ । बुधबार बिहानदेखि दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतको भनाई छ । मंगलबार बे

फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

  • 15 minutes ago
फलोअपः फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएक

राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

  • 29 minutes ago
राजीनामाको प्रस्ताव सुन्नेबित्तिक्कै प्रधानमन्त्री रन्केपछि...

काठमाडौँ । नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।