यसरी बनाउनुहोस् स्वादिलो भुटन

प्रतिकात्मक तस्बिर

एजेन्सी । नेपालमा  चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने  खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ  यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

 

इग्जोटिक परिकारको रुपमा विश्वमा साह्रै नै प्रख्यात परिकारहरुमा विभिन्न पशुका विभिन्न अङ्गका मासुहरुको प्रयोग ल्याइन्छ, जसलाई अङ्ग्रेजीमा आफल भनिन्छ । पशुको मासु र हड्डीको भाग बढी खाने गरे तापनि भित्री अङ्गको स्वाद संसारको हरेक कुनामा लिइन्छ। आन्द्रा, भुँडी, टाउको, रगत, अण्डकोष, जिब्रो, कलेजो, मृगौला, कान, खुट्टा इत्यादि विश्वको कहीँ न कहीँ प्रचलित छन्। दक्षिण एशियामा पनि विभिन्न भित्री अङ्गहरु खाने चलन छ। नेपालमा विभिन्न जातिहरुका मानिसहरुले पनि विभिन्न पशुका विभिन्न प्रकारका त्यस्ता अङ्गको परिकार बनाएर खान्छन्।

 

तथापि खसीको मासुलगायत अरु अङ्गको परिकार साह्रै प्रचलित छन्। दसैँ त्यस्ता किसिमका परिकारहरु चाख्ने सबैभन्दा उपयुक्त समय हो। 

 

त्यसैले आज तपाईंसामु आज मैले नेपालको प्रख्यात खसीको आन्द्रा­भुँडीको परिकार ल्याएको छु, जुन भुटन र भुटुनका नामले ज्यादै नै प्रख्यात छन्। 

 

खसीको आन्द्रा­भुँडी भुटन 

चाहिने सामग्रीहरु

खसीको आन्द्रा­भुँडी एक किलो जति 

बेसार दुई  चम्चा 

तोरीको तेल चार चम्चा 

सुकेको रातो खुर्सानीको धुलो एक  चम्चा 

जिराको धुलो एक  चम्चा 

धनियाको धुलो एक चम्चा 

लसुनको लेदो एक चम्चा 

अदुवाको लेदो एक  चम्चा 

ल्वाङ­सुकमेलको धुलो एक चिम्टी 

नून स्वादअनुसार 

 

बनाउने तरिका

शुरुमा आन्द्रा­भुँडीलाई पानीले राम्ररी सफा गरी त्यसलाई एउटा भाँडामा एक चम्चा बेसार हाली उमाल्ने।

लगभग आधा घण्टा उसिनेपछि चिसो पानीले पखाल्ने, त्यसपछि स­सानो टुव्रmामा काट्ने।

एउटा फ्राई प्यानमा तेल राखी तताउने र आन्द्रा­भुँडी मज्जाले भुट्ने।

होस् गर्नुहोस्, मासुहरु उछिटिन सक्छन्।

त्यसपछि बेसार राख्ने र व्रmमशः सबै सामग्रीहरु राख्ने।

खैरो हुन्जेल त्यसलाई भुट्ने र निकाल्ने।

अब यसलाई तात्तातो चिउरा, गोलभेडाको अचार वा अन्य खानासँग मिलाएर खान सकिन्छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 7 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 7 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 7 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।