तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा एमाले विजयी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

तनहुँ । तनहुँको भिमाद नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेबाट प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल निर्वाचित भएका हुन्। 

 

अन्तिम मत परिणाम अनुसार सुवेदीले ८ हजार १२८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ५८५७ मत ल्याए।

 

त्यस्तै, उपमेरमा खनाल ७ हजार ६६७ मतसहित विजयी भइन्। उनी दोस्रो कार्यकालका लागि उपमेयरमा चुनिएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत प्राप्त गरे। भिमादमा कांग्रेस र समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए।

 

नौ वडा रहेको भिमादमा पाँच वडा एमालेले जितेको छ भने चार वडा कांग्रेसले जित्यो। भिमाद २, ३, ७, ८, ९ वडामा एमाले विजयी बन्दा १, ४, ५, ६ मा कांग्रेस विजयी बनेको हो।

 

कांग्रेसले जितेको १ र ६ वडामा वडाअध्यक्ष मात्रै कांग्रेसले जित्दा अन्य सदस्य भने एमालेका उम्मेदवार विजयी बने। एमाले भने जितेका वडामा सबै प्यानलैसहित विजयी बन्यो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

  • 3 minutes ago
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 1 hour ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।