भिमाद नगर कमिटीको अध्यक्षमा सिग्देल, सबै पालिकामा एकैसाथ अधिवेशन

Norvic Hospital

तनहुुँ । नेकपा (माओवादी केन्द्र)ले तनहुँका सबै पालिकामा एकैसाथ अधिवेशन गरेको छ । जिल्लाका दशवटै पालिकामा माओवादी केन्द्रले एकसाथ अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशन सम्पन्न भएर केही पालिकामा नेतृत्व चयन भइसकेको छ भने केही पालिकामा सहमतिको प्रयास भइरहेको जनाइएको छ ।

 

भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल चयन भएका छन् । अधिवेशनबाट कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थाप चयन भएका छन् । 

 

ऋषिङ गाउँ कमिटीको अधिवेशनबाट वीरबहादुर थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी र सात सदस्यीय सल्लाहकार कमिटी गठन गरेको माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिए । 

 

गाउँकमिटीको उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला अलो, बसन्त सदाशङ्कर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन भएका हुन् ।

 

म्याग्दे गाउँकमिटीको अधिवेशनबाट दिलबहादुर नेपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, डण्डमान श्रेष्ठ, सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशङ्कर र कोषाध्यक्षमा शुकराम नेपाली चयन भएका छन् । 

 

घिरिङ कमिटीको अध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा गोविन्दराज काफ्ले, विनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन भएका छन् । 

 

शुक्लागण्डकी नगर कमिटीको अधिवेशनले पदाधिकारीबाहेक सदस्य चयन गरेको छ । पदाधिकारीपछि तोक्नेगरी ६५ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको माओवादी शुक्लागण्डकी नगर कमिटीका नेता मनराज गुरुङले जानकारी दिए ।

 

माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 38 minutes ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे

तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  • 1 hour ago
तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

तनहुँ । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेव

मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

  • 2 hours ago
मन्त्री आले नारायणहिटी सङ्ग्रहालय निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको आइतबार अनुगमन गर्दै ।



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।